Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईका १० घोषणा

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईका १० घोषणा

मेडिकल कलेज स्थापनादेखि, गरिबलाई निःशुल्क पानी र बिजुलीको व्यवस्था गर्ने प्रतिवद्धता

इच्छाकामना न्युज

२८, चैत्र २०७९
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द भट्टराईका १० घोषणा

तनहुँ । तनहुँ १ को प्रतिनिधि सभा सदस्य उप निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईले आफ्नो चुनावी अपिल सार्वजनिक गरेका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै भट्टराईले पाँच वर्षभित्र सबै घरमा खानेपानी र बिजुली पुर्याउने घोषणा गरेका छन् । उनले गरिब र नसक्नेका लागि न्यूनतम बिजुली र पानीको शुल्क नलिने व्यवस्था गराउने पनि उल्लेख गरेका छन् । सबै पालिकाबाट घर घरमा सेवा दिन आवश्यक व्यवस्था समेत पाँच वर्षभित्र हुने उनको प्रतिवद्धतामा छ ।

images

तनहुँमा एउटा सरकारी मेडिकल कलेजको स्थापनालाई प्राथमिकतामा राखेका उनले  तनहुँमा प्रसुती, क्यान्सर, मृगौला वा बाल सम्बन्धी विशिष्टिकृत अस्पतालसमेत स्थापना गर्ने उल्लेख गरेका छन् । जिल्लाको यातायात पूर्वाधार विकासमा विशेष जोड दिएका उनको प्रतिवद्धतामा शालिग्राम करिडोर, दमौली घुमाउने बुद्धसिं मार्ग, त्रिशुली करिडोर आदिलाई पाँच वर्षभित्र स्तरोन्नति सक्ने उल्लेख छ ।

व्यास र पुलिमराङ मार्ग,  घाँसीकुवा अँधेरीभञ्ज्याङ मार्ग, छिम्केश्वरी मार्ग, केशवटार मार्ग आदिलाई पनि पाँच वर्षभित्र स्तरोन्नति सक्ने प्रतिवद्धता उनको छ ।

प्रतिवद्धतामा व्यासभूमिलाई त्रिवेणीधाम र भारतसँगको व्यापार नाकासँग सहजरुपमा जोड्न बुद्धसिं मार्गमै जोडेर द्रुत मार्गको परिकल्पना पनि छ । जिल्लाको उत्तर दक्षिण जोड्ने स्तरीय सडकलाईसमेत प्राथमिकतामा राखेका उनले पर्यटकीय थलोहरु तनहुँसुर, पुलिमराङ, थानीको थान, चोक चिसापानी, सिङचाङ गढीको विकाससँगै वेदव्यासको प्रतिमा पनि प्रतिस्थापन समयमै सकाउने भट्टराईको प्रतिवद्धतामा छ ।

तनहुँलाई सुन्तला र बाख्राको केन्द्रका रुपमा स्थापना गर्न विशेष कार्यक्रम ल्याउने भट्टराईको प्रतिवद्धतामा छ । जिल्लालाई कृषिमा आत्मनिर्भर बनाउने र कृषिमा आत्मनिर्भर बनाउनुका साथै तनहुँका जलविद्युत आयोजनाको शेयर हरेक परिवारले लिन पाउने व्यवस्था मिलाउनेमसेत भट्टराईले घोषणा गरेका छन् । 

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - २२:४६:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology