Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नयाँ वर्षको दिन चितवनको अग्लो स्थान सिराइचुलीमा भव्य मेला लाग्ने

नयाँ वर्षको दिन चितवनको अग्लो स्थान सिराइचुलीमा भव्य मेला लाग्ने

images

इच्छाकामना न्युज

२८, चैत्र २०७९
नयाँ वर्षको दिन चितवनको अग्लो स्थान सिराइचुलीमा भव्य मेला लाग्ने
images

सिराईचुली । नयाँ २०८० को अवसरमा पर्यटकीय स्थल चितवनकै अग्लो भूमि सिराइचुलीमा मेला लाग्ने भएको छ । चितवनको इच्छाकामना १ सिराइचुलीमा अवस्थित श्री सिद्ध देवि माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको हो ।

सिराइचुली आमा समूह र सूर्यदय युवा क्लबको आयोजनामा हुने मेलामा सांस्कृतिक कार्यक्रम पनि हुने स्थानिय किरण पुरीले जानकारी दिनुभयो । स्थानिय कलाकारहरुको प्रश्तुती रहनेछन् । मेलाको अवसरमा श्री सिद्ध देवि माई मन्दिरमा बाजागाजासहित फुलको डोली समेत भित्र्याइन्छ ।

बिहानी सूर्योदय अवलोकन सगैँ यो समयमा लाली गराँस,अइसेलु र काफलको सिजन भएको पुरीले बताउनुभयो । पुरीका अनुसार यो सिजनमा लाली गुँरास अवलोकनसगैँ अइसेलु र काफलको स्वाद लिने अवसर मिल्ने छ ।

जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको वडा नं १ मा पर्ने सिराइचुलीडाँडा समुद्री सतहदेखि करिब एक हजार ९४५ मिटरको उचाइमा छ । यहाँबाट बिहानी सूर्योदयसँगै तराईका फाँटहरुका साथै हिमालका आकर्षक दृश्यहरु हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्छन् ।

हरेक वर्ष वैशाख १ गतेका दिन भव्य मेलासमेत लाग्ने भएका कारण नयाँ वर्षका दिन यहाँ पर्यटकहरुको भीड लाग्ने गर्छन् । मेला विहानको सुर्यदयसगैँ सुरु भई दिनभर लाग्ने गर्छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७९ मंगलवार - ११:३१:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology