चितवन । तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको महासचिवमा इच्छाकामना न्युज डटकमका कार्यकारी सम्पादक चित्र बहादुर गुरुङ ‘सोल्टि’ निर्वाचित भएका छन् । संघको यहि चैत २४, २५ र २६ गते कास्कीको सुन्दर पर्यटकीय गाउँ ताङतिङ (तोनीनासा) मा सम्पन्न पाँचौ महाधिवेशनले महासचिवमा चितवन इच्छाकामना निवासी गुरुङ निर्वाचित भएका हुन् ।

संघको केन्द्रीय सदस्यमा चितवन इच्छाकामनाबाटै अर्का सञ्चारकर्मी दान बहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङ इच्छाकामना एफ एम १०२.४ मेगाहर्जका स्टेशन म्यानेजर हुन् ।