चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा ५५ जना नयाँ स्थायी शिक्षक खटिएका छन् । शिक्षक सेवा आयोग पास भई प्राथमिक तहमा पदस्थापनका लागि इच्छाकामनामा खटिने गरि उनीहरुले नियुक्ती पत्र बुझेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ चितवनबाट इच्छाकामना गाउँपालिकाका विभिन्न विद्यालयमा खटिने गरि उनीहरुले नियुक्त पत्र बुझेका हुन् ।
इच्छाकामनाका सबै सामुदायिक विद्यालयमा ७५ जना करारमा कार्यरत शिक्षक र १२ जनाको रिक्त गरि ८७ वटा दरबन्दी अपुग थियो । सोहि बमोजिम ५५ जना नयाँ स्थायी शिक्षक आएपछि अझै ३२ जना दरबन्दी अपुग रहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

