Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्चले माग्यो

रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्चले माग्यो

इच्छाकामना न्युज

२३, चैत्र २०७९
रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा सर्वोच्चले माग्यो
images

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको प्रमाण खोजेको छ।

images
images

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार उनलाई राहदानी मुद्दामा छुटकारा दिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै निस्सा मागेको हो।

‘रवि लामिछानेले अमेरिकी राहदानी त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा अध्यागमन विभाग वा जिल्ला प्रशासन कार्यालय काठमाडौं जहाँ भए पनि झिकाइ नियमअनुसार पेश गर्नूु’ आदेशमा भनिएको छ।

मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न निवेदक युवराज पौडेल सफलले माग गरे पनि सर्वोच्चले रिटको अन्तिम किनारा लाग्दै सम्बोधन हुने भन्दै अन्तरिम आदेश भने दिएन।

‘यसमा के कसो भएको हो ? निवदेको माग बमोजिम आदेश किन जारी नहुनुपर्ने हो ? आदेश जारी गर्नुनपर्ने भए आधार र कारणसहित यो आदेश जारी भएको मितिले बाटाको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्नूु’ सर्वोच्चले महान्यायाधिवक्ताको कार्यालयलाई भनेको छ।

images
प्रकाशित मिति :चैत्र २३, २०७९ बिहिवार - ०७:५३:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology