Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको बालगौरी पाथिभरा मन्दिर प्राङ्गणमा भव्य मेला लाग्दै

इच्छाकामनाको बालगौरी पाथिभरा मन्दिर प्राङ्गणमा भव्य मेला लाग्दै

images

इच्छाकामना न्युज

२२, चैत्र २०७९
इच्छाकामनाको बालगौरी पाथिभरा मन्दिर प्राङ्गणमा भव्य मेला लाग्दै
images

मायाटार । बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको छ । चितवनको साविकको काउले गाविस हालको इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि मेला लाग्ने भएको हो ।मेला २२ गते साँझदेखी सुरु भई २३ गते  दिनभर लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

आज २२ गते रातभर नाँचगानसहित जात्रा लाग्ने र २३ गते विहान पुजाआजासगैँ दिनभर मेला लाग्ने छ । मेलाको अवसरमा मन्दिरमा पञ्चवली र फुलको डोली भित्र्याइन्छ ।

हरेको बर्ष चैते दशैपछिको पूर्णीमामा लाग्ने यस मेलामा चितवन, धादिङ, तनहुँ गोरखा लगायत जिल्लाबाट पुजाआजा गर्न र मेला हेर्न आउने गर्छन् ।सन्तान नभएकाहरुले सन्तान मागेमा प्राप्ती हुने धार्मिक विश्वास रहेको छ । मेलामा जाँड रक्सी निषेध गरिएको स्थानिय विद्यालयका शिक्षक टिका गुरुङले बताउनुभयो ।

धार्मिक पर्यटकीय सम्भावना रहे पनि प्रचार प्रसार र भौगोलिक विकटताका कारण पछाडी परेको छ । धादिङको मौवाखोला, हुग्दिखोला र चितवनको कालिका नगरपालिका स्थित शक्तिखोरबाट चितवनको पुरानो सदरमुकाम एतिहासिक उपर्दाङगढी हुदैँ जान सकिन्छ । पछिल्लो समय सडक स्तरोन्नतीसगैँ मन्दिर सम्म पुग्न सहज बनेको छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - २१:४७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology