Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना ७ का वडासदस्य टेक बहादुर गुरुङद्वारा राजिनामा

इच्छाकामना ७ का वडासदस्य टेक बहादुर गुरुङद्वारा राजिनामा

images

इच्छाकामना न्युज

२२, चैत्र २०७९
इच्छाकामना ७ का वडासदस्य टेक बहादुर गुरुङद्वारा राजिनामा
images

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ का वडा सदस्य टेक बहादुर गुरुङले पदबाट राजिनामा दिएको छन्। 

गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका वडा सदस्य गुरुङले आफू स्थानिय तहमा जनताको मतले विजयी भएर पनि आफुले आफ्नो वडा भित्रको ब्यतिथी रोक्न नसकेकोमा हिनताबोध गर्दै अब उक्त पदमा बसेर काम गरे जनता समक्ष आफ्नो स्थिति अझ गिर्ने भन्दै उनले वडाध्यक्ष समक्ष राजिनामा बुझाएका हुन।

सामाजिक संजाल फेसबुकमा त्याग यहाबाट सुरु गरिएको छ भन्ने क्यापसनमा राजिनामा पत्र सार्वजनिक गर्दै गुरुङले वडा भित्रको प्राकृतिक संम्पदा माथि गाउँपालिकाले स्थानियको बेवास्था गर्दै मनपरी दोहन गरेको, खोला र नदि जन्य सामाग्री मनपर्दी उत्खनन गरेको, खोला र नदिजन्य सामाग्री उत्खननको ठेक्का मनपरी हिसावले गाउँपालिकाले अमानतमा दिएको लगायत आरोप लगाउदै यी सबै ब्यतिथी जनप्रतिनिधि भएर आफुले टुलुटुलु हेरेर बस्न परेकोले पदबाट राजिनामा दिएको पत्रमा लेखिएको छ।

images
प्रकाशित मिति :चैत्र २२, २०७९ बुधवार - ११:३७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology