Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

रविले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन्ः एमाले नेता गोकुल बास्कोटा

रविले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन्ः एमाले नेता गोकुल बास्कोटा

images

इच्छाकामना न्युज

२१, चैत्र २०७९
रविले कानून तोड्दा चितवनका जनताले दुःख पाए, अब मतदाताले गल्ती गर्दैनन्ः एमाले नेता गोकुल बास्कोटा
images

चितवन । उम्मेदवारी दर्ता गरेको भोलिपल्टैबाट नेकपा एमालेले चितवन २ मा चुनावी गतिविधि बढाएको छ । मंगलबार चुनावी रणनीति बनाउन एमालेले जिल्ला कमिटी बैठक राखेको हो । बैठकमा मिसन ग्रासरुट अभियानदेखि नै चितवनमा केन्द्रित रहेका पूर्वमन्त्री तथा पोलिटव्युरो सदस्य गोकुल बाँस्कोटाले ‘जान्नेलाई छान्ने’ भनेर जनतालाई अर्ती दिने रवि लामिछानेले एकपटक त्यागेको नागरिकता फेरि लिनुपर्छ भन्ने नजान्नुले उनी फेल भइसकेको बताए ।

रवि लामिछानेका कारण चितवनका जनताले दुःख पाएको भन्दै बाँस्कोटाले उनले जानीजानी कानून तोडेकाले चितवनका जनताले कानून बनाउने ठाउँमा पठाउन नहुने कुरालाई मतदाताबीच लैजानुपर्ने बताए । बाँस्कोटाले भने, ‘मेरा कारण कस्लाई दुःख भएको छ र ? भन्दै गोहीको आँसु झार्दै हिँडेको सुनेको छु । उनले कानून तोडे, चितवनका जनताले उपचुनावमा जानुपर्ने दुखः पाए । यो दुःख कसले दियो ? हामीले हो ?

गत निर्वाचनमा आम जनतामा परेको भ्रम अब हटेकाले एमाले उमेदवार राम न्यौपानेको जित सुनिश्चित रहेको बाँस्कोटाको दाबी छ । एमालेले विगतमा सामाजिक , राजनीतिक र आर्थिक सुधारका लागि गरेको कार्यक्रम र भावी योजना जनतामा सुस्पष्ट ढंगले जनतामाझ लैजान नेता बास्कोटाले जिल्लाका अगुवा कार्यकर्ताहरूलाई निर्देशन दिए ।

बैठकमा चितवन क्षेत्र नम्बर २ का उमेदवार एवम् जिल्ला अध्यक्ष राम न्यौपानेले आफूहरू उच्च मनोवलका साथ चुनावी मैदानमा होमिएको बताए । बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, नेताहरू विजय सुवेदी, कृष्णभक्त पोखरेल, डा.तीलचन्द्र भट्टराई, पुरुषोत्तम न्यौपाने, जानुका सिंखडा, शिवकुमारी गोतामेलगायत सहभागी थिए । सोही बैठक बैठकले पोलिटव्युरो सदस्य देवी ज्ञवालीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २१:४१:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology