Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवन २ का स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ४ उजुरी दर्ता

चितवन २ का स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ४ उजुरी दर्ता

इच्छाकामना न्युज

२१, चैत्र २०७९
चितवन २ का स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा ४ उजुरी दर्ता
images

चितवन । चितवन क्षेत्र नं २ का उमेदवार एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध चितवनमा चारवटा उजुरी दर्ता भएका छन् ।

images
images

आज दिउँसो ३ बजेसम्ममा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उमेदवार तथा उमेदवारका प्रतिनिधिले तीन वटा र काठमाडौँबाट युवराज पौडेल (सफल)ले इमेलमार्फत एउटा उजुरी दर्ता गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्मर पुरी, स्वतन्त्र उमेदवार सन्तोष थापा र स्वतन्त्र उमेदवार अम्बिका भट्टको प्रतिनिधि शिवहरि सुवेदीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दर्ता गराएका हुन् ।

लामिछानेले अमेरिकी आवासीय पत्र त्यागेको तीन महिना नपुग्दै चितवन–२ मा उमेदवारी दर्ता गरेकोले उनको उमेदवारी खारेजीको माग गर्दै दाबी उजुरी परेको छ ।

उमेदवारका प्रतिनिधिले दर्ता गरेको उजुरीमाथि निर्वाचन अधिकृतले जाँच बुझ गरि आवश्यक निर्णय गर्ने छन् भने युवराज पौडेलले दर्ता गरेको उजुरीको बारेमा लामिछानेसँग स्पष्टीकरण लिएर कागजपत्र निर्वाचन आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र २१, २०७९ मंगलवार - २१:३४:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology