कुरिनटार । चितवनमा एलपी ग्यास लोड गरेको ट्यांकर (बुलेट) पल्टिँदा १ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिँदा एक जना पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो।
मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।