Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ मनाइँदै

आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ मनाइँदै

images

इच्छाकामना न्युज

१८, चैत्र २०७९
आज ‘अप्रिल फुल’ अर्थात ‘मूर्ख दिवस’ मनाइँदै
images

चितवन । आज शनिवार अप्रिल महिनाको १ तारिख । आजका दिनलाई विश्वका कयौं देशमा ‘अप्रिल फूल’का रुपमा मनाउने गरिन्छ । नेपालीमा आजको दिनलाई ‘मूर्ख दिवस’ भन्ने गरिएको छ । आफ्ना घरपरिवार, छिमेकी एवं साथीसंगीहरुसँग ठट्टा गर्ने, उनीहरुलाई हुँदै नभएको कुरा सुनाएर मनोरञ्जन लिने, दुःख दिएर मूर्ख बनाउने भएकाले यो दिनको नाम अप्रिल फूल अर्थात ‘मूर्ख दिवस’ रहन गएको हो । यो दिनमा सबैले एक अर्कालाई मूर्ख बनाएर रमाइलो गर्छन् ।

यो अप्रिल फूल किन, कहिले र कसरी मनाउन थालियो भन्ने विश्वासिला कारणहरू भेटिदैनन् । प्रायः मानिसको धारणा मुर्ख दिवसको जन्म स्थान फ्रान्स हो भन्ने गरिन्छ । फ्रान्सको राजा चार्ल्स नवौँले सन् १५८२ देखि अप्रिल महिनाको पहिलो तारिखलाई अप्रिल फुल अर्थात एकले अर्कोलाई मुर्ख बन्ने र बनाउने कार्यको थालनी गरेका थिए । त्यतिबेला सम्राटले ग्रिगेरीयन क्यालेण्डर अनुसार नयाँ वर्ष मार्च २५ तारिखका दिन अप्रिल १ सम्म नयाँ वर्षको रुपमा मनाउने गरिन्थ्यो ।

तर, जसले जनवरी १ मा नयाँ वर्ष मनाउन थाले उनीहरूले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरूलाई मुर्ख बनाउन थाले । त्यसपछि अप्रिल १ का दिन झुक्काउने दिनको रुपमा मानिन्छ । यो दिनमा मानिसलाई झुक्याउँदा हासो ठठ्टा को रुपमा रमाइलो हुने गर्दछ ।

नेपालमा पनि अप्रिल फुल मनाउने प्रचलन छ । यो दिन एक अर्कालाई हानी नपुग्नेगरि मात्र रमाइएलोका लागि एक छिनलाई मुर्ख बनाएर मनाइन्छ । यसलाई एक किसिमको मजाक गर्ने दिवसको रुपमा लिइन्छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७९ शनिवार - ०७:००:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology