Logo

बिहिवार, कार्तिक २० गते २०८३

images
२०८३, कार्तिक २० गते
images

प्रथम इच्छाकामना डबल ब्याडमिन्टन कप २०७७ मा पुरुषतर्फ श्रेष्ठको जोडि र महिलातर्फ इप्रका मुग्लिन प्रथम

प्रथम इच्छाकामना डबल ब्याडमिन्टन कप २०७७ मा पुरुषतर्फ श्रेष्ठको जोडि र महिलातर्फ इप्रका मुग्लिन प्रथम

images
प्रथम इच्छाकामना डबल ब्याडमिन्टन कप २०७७ मा पुरुषतर्फ श्रेष्ठको जोडि र महिलातर्फ इप्रका मुग्लिन प्रथम
images

मुग्लिन,२ माघ । प्रथम इच्छाकामना डबल ब्याडमिन्टन कप २०७७ सम्पन्न भएको छ। माघे संक्रान्तिको अबसर पारेर इच्छाकामना ५ मुग्लिन बजारमा गत पौष २९ गते बाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । वडा नम्बर ५ कार्यालय आगन र मस्र्याङ्दी बोर्डिङ स्कुलको खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुष तर्फ प्रथम स्थान मुग्लिनका गणेश श्रेष्ठ र संयोग श्रेष्ठको टोलिले हात पार्यो भने मुग्लिनकै तब्बीर गुरुङ र शिव सिलवालको टिम दोश्रो भएका छन् । पुरुष तर्फको सान्त्वना पुरस्कार भने विकाश श्रेष्ठ र विकास रानाको टिमल र दल बहादुर श्रेष्ठ र यम बहादुर रानाको टिम र सम्पुर्ण श्रेष्ठ र सुरज गुरुङको टिम सहित ३ वटा टिमले हात पार्न सफल भएको छ।FB_IMG_1610726977942.jpg महिला तर्फको प्रथम पुरस्कार इलाका प्रहरी कार्यलय मुग्लिनको टिमले जितेको छ। दोश्रो स्थानमा हुने सेवानिष्ठ महिला समाज केबलकारको अमृता थापा मगर र संगिता राना मगरको टिमलाइ हराउदै प्रहरीको सरस्वती लामिछाने र शान्ति आले मगरको टिम विजेता बनेका हुन् । त्यस्तै महिलातर्फको सान्त्वना पुरस्कार भने कुरिनटारका मेलिना गुरुङ र अनिशा रानाको टिम र केबलकारको सिमा थापा र पुजा थापाको टिमले हात पारेका छन। इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न फाइनल खेल र पुरस्कार बितरण कार्यक्रममा वडा ५ को वडा अध्यक्ष मोदराज सिलवाल इच्छाकामना गाउँपालिकाको प्रवक्ता सावित्री गुरुङ लगायतको सहभागिता रहेको थियो। पुरुष तर्फ प्रथम हुने टिमले खसी, ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने दोश्रो हुने टिमले बोका, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छ्न । त्यस्तै सान्त्वना स्थान हासिल गर्न सफल ३ वटै टोलिले मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। महिला तर्फ प्रथम र दोश्रो हुने टोलिले ट्रफी, मेडल र प्रमाणपत्र र सान्त्वना हुने दुई टिमले मेडल र प्रमाणपत्र प्राप्त गरेको प्रतियोगिताका आयोजक ब्याडमिन्टन टिम मुग्लिनका अध्यक्ष रबि थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा पुरुष तर्फ १८ र महिला तर्फ ६ गरि २४ टिमले सहभागिता जनाएका थिए ।

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - २१:५२:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology