Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

तनहुँ १ मा उपनिर्वाचन लड्न नायक राजेश हमाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव

तनहुँ १ मा उपनिर्वाचन लड्न नायक राजेश हमाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव

इच्छाकामना न्युज

१५, चैत्र २०७९
तनहुँ १ मा उपनिर्वाचन लड्न नायक राजेश हमाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्ताव
images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाको उपचुनाव उठ्न नायक राजेश हमाललाई प्रस्ताव गरेको छ। वैशाख १० गते हुन लागेको उपचुनावमा स्वतन्त्र पार्टीले अरु कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गरेको अवस्थामा उसले हमाललाई उम्मेदवार बन्न प्रस्ताव गरेको पार्टी निकट स्रोतले जानकारी दियो। स्रोतले भन्यो, ‘उपचुनावमा हामी कोहीसँग पनि गठबन्धन गर्दैनौँ। उहाँलाई उम्मेदवार बन्न हामीले प्रस्ताव गरेका छौँ।’

images
images

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो। रामसाहायप्रसाद यादव उपराष्ट्रपति भएपछि रिक्त भएको बारा २ तथा चितवन २ मा पनि उपचुनाव हुँदैछ। चितवन २ मा स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पद गुमेपछि सांसद पद खाली छ।

सत्ता गठबन्धनमा आबद्ध दलहरुले तनहुँ १ कांग्रेस, बारा २ जसपाबाट साझा उम्मेदवार हुने करिब निश्चित छ।

images
प्रकाशित मिति :चैत्र १५, २०७९ बुधवार - २०:१६:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology