Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाका मनकारी वडाध्यक्ष तेज बहादुर शेरचन, जो आफ्नै तलब भत्ताले जनताको घर र सार्वजनिक सिढिं बाटो बनाउछन्

इच्छाकामनाका मनकारी वडाध्यक्ष तेज बहादुर शेरचन, जो आफ्नै तलब भत्ताले जनताको घर र सार्वजनिक सिढिं बाटो बनाउछन्

images

इच्छाकामना न्युज

१४, चैत्र २०७९
इच्छाकामनाका मनकारी वडाध्यक्ष तेज बहादुर शेरचन, जो आफ्नै तलब भत्ताले जनताको घर र सार्वजनिक सिढिं बाटो बनाउछन्
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन पछिल्लो समय मनकारी वडाध्यक्षको रुपमा जनता माझ परिचित हुन थालेका छन् । उनी यति सम्म मनकारी देखिएका छन् कि जनप्रतिनिधि भए वापत राज्यबाट पाउने सबै सेवा सुविधा उनले जनताकै सेवाको लागि खर्च गरिदिएका छन् । 

्उनले इच्छाकामना गाउँपालिका वडा नं ५ भट्स्वरामा स्थानीयको सक्रियतामा ४० मिटर लामो सिढि लगाउने कार्य सुरु गरेको भएता पनि रकम अभाव भएर काम अधुरो भएको गुनासो आएपछि वडाध्यक्ष शेरचनले तलब वापत आएको रकमबाट ४६ हजार ८ सय ६० रुपैयाँ उपलब्ध गराई सिढी लगाउने काम सम्पन्न गरेका छन् ।

सो सिढीं बाटो स्थानीयको श्रमदान तथा वडा अध्यक्षको ब्यक्तिगत आर्थिक सहयोगले जनताले चिताएको काम पुरा भएको सिढी बाटो बनाउन नेतृत्व गरेका नन्दु विकले बताए ।

यस्तैगरि वडा नं ५ कै साठिमुरेमा आर्थिक रुपमा विपन्न धनबहादुर गुरुङको घर स्थानीय छिमेकीको सहयोगमा निर्माण गरिएको भएपनि रकम अभावले छाना छाउन नसकेपछि स्थानिय जनताको अनुरोधमा अध्यक्ष शेरचनले आफ्नै तलब भत्तबाट ३६ हजार रुपैयाँ बराबरको जस्ता पाता उपलब्ध गराई घर छाएका छन् ।

छरछिमेकीको सहयोगमा घर ठडिएको तर रकम अभावले छाना छाउन नसकेको आफुले प्रत्यक्ष देखेपछि छाना छाउन सहयोग गरेको वडा अध्यक्ष शेरचनले बताए। अध्यक्ष शेरचनले आफुलाई प्राप्त तलबको रकम आफ्नो व्यक्तिगत प्रयोजनका लागि खर्चिने भन्दापनि विपन्न जनताको आवश्यकतामा खर्चिदै जाने पनि बताए ।

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - २२:२७:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology