Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डाको प्रतीक र चिह्न राख्न नपाइने

छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डाको प्रतीक र चिह्न राख्न नपाइने

इच्छाकामना न्युज

१४, चैत्र २०७९
छातीभन्दा तलको लुगामा राष्ट्रिय झण्डाको प्रतीक र चिह्न राख्न नपाइने
images

काठमाडौं । शरीरको छातीभन्दा तलको भागमा लगाइने कुनै पनि कपडामा राष्ट्रिय झण्डाको प्रतीक र चित्र राख्न निषेध गर्नुपर्ने प्रस्ताव गरिएको छ। राष्ट्रिय सभामा आइतबार टेबल भएको राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको गैरसरकारी विधेयकमा उक्त व्यवस्था गरिएको हो।

images
images

व्यक्तिले आफ्नो शरीरमा राष्ट्रिय झण्डाको प्रतिक टाँस्दा, छाप्दा वा लगाउँदा कम्मरभन्दा माथिको भाग बाहेक अन्यत्र लगाउन नमिल्ने प्रावधान राखिएको छ। व्यापारिक प्रयोजन वा विज्ञापनमा राष्ट्रिय झण्डा प्रयोग गर्न रोक लगाइने भएको छ। यसैगरी झण्डा च्यात्न, जलाउन, फ्याँक्न वा पोको पार्न पनि रोक लगाइएको छ। राष्ट्रिय झण्डालाई उल्टो राख्ने वा अपमान हुने किसिमको काम गर्न समेत रोकिएको छ।

 

images
प्रकाशित मिति :चैत्र १४, २०७९ मंगलवार - ०८:५७:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology