Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

जाँड–रक्सी खाने मान्छे एमाले हुन सक्दैनः एमाले अध्यक्ष केपी शर्मा ओली

जाँड–रक्सी खाने मान्छे एमाले हुन सक्दैनः एमाले अध्यक्ष केपी शर्मा ओली

इच्छाकामना न्युज

१२, चैत्र २०७९
जाँड–रक्सी खाने मान्छे एमाले हुन सक्दैनः एमाले अध्यक्ष केपी शर्मा ओली
images

अर्घाखाँची । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाँड–रक्सी खाने मान्छे एमालेको कार्यकर्ता हुन नसक्ने टिप्पणी गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी अर्घाखाँचीले आइतवार सन्धिखर्कमा गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘बेलुका बाटो सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले हैन भनेर जाने हुन्छ । एमाले नेता, कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ ।’

images
images

अध्यक्ष ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको बताउँदै एमालेबाहेकका दलहरू राष्ट्रलाई खोक्रो पार्ने अभियानमा रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘विपक्षीहरूले राष्ट्रिय शक्ति निर्माणको कामलाई अगाडि बढाउन नदिएको प्रयासलाई असफल पारेर एमालेले मिसन ग्रासरुटमार्फत मिसन ५१ प्रतिशत उपलब्धि हात पार्छ ।’

एमालेजस्तो पार्टीका कार्यकर्ताले पाटीलाई भोट नदिने कुरा सोच्नै नसक्ने बताउँदै ओलीले व्यक्तिसँग अन्तरविरोध भए पनि पार्टीलाई जिताउन सबै लाग्नुपर्ने बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र १२, २०७९ आइतवार - १९:५६:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology