Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

मगर सांस्कृतिक संघको तेस्रो अधिवेशन इच्छाकामनाको सिराइचुलीमा सम्पन्न, अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन 

मगर सांस्कृतिक संघको तेस्रो अधिवेशन इच्छाकामनाको सिराइचुलीमा सम्पन्न, अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन 

images

इच्छाकामना न्युज

११, चैत्र २०७९
मगर सांस्कृतिक संघको तेस्रो अधिवेशन इच्छाकामनाको सिराइचुलीमा सम्पन्न, अध्यक्षमा पुनः प्रेमकुमारी आले चयन 
images

सिराईचुली । नेपाल मगर सांस्कृतिक संघ, चितवनले संस्थाको तेस्रो जिल्ला अधिवेशन चितवनकै सबैभन्दा अग्लो पहाड सिराइचुलीमा सम्पन्न गरेको छ। इच्छाकामना १ मा पर्ने सिराइचुली डाँडाबाट आगामी तीन वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति निर्वाचित भएको हो। शनिबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा पुनः प्रेमकुमारी आलेमगरलाई सर्वसम्मत चयन गरेको छ। 

उपाध्यक्षमा निश्चल थापामगर, सचिवमा प्रकाश थापामगर, कोषाध्यक्षमा लीला थापामगर र सह–सचिवमा सविता थापामगर चयन भएका छन्। कार्यसमिति सदस्यहरूमा भने ललिता थापामगर, कमला थापामगर, आशिका थापामगर, सुनिता थापामगर, जानुका थापामगर र बबिता थापामगर चयन भएका छन्। 

हाललाई ११ सदस्यीय कार्यसमिति मात्रै चयन गरिएको हुँदा दुई सदस्य पछि थप गरी १३ सदस्यीय कार्यसमिति बनाउने नवनिर्वाचित अध्यक्ष प्रेमकुमारी आलेमगरले जानकारी दिइन्। 

मगर समुदायमा प्रचलित लोक संस्कृति संरक्षणको लागि नेपाल मगर सांस्कृतिक संघको स्थापना भएको हो। यो संस्थाले मगर समुदायमा प्रचलित कौराहा, सालैजो, झ्याउरेलगायतका सांस्कृतिक पहिचानलाई जीवित राख्ने प्रयास गर्दै आइरहेको छ। कार्यक्रममा नेपाल मगर संघ, बागमती प्रदेशका मुख्य सचिव मिलन थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय सदस्य चित्र ‘सोल्टी’ गुरूङ, फोनिज चितवनका अध्यक्ष रमेश रानामगर, नेपाल मगर विद्यार्थी संघ, चितवनका अध्यक्ष कुमार सिंजाली मगर लगायतको उपस्थिति थियो। 

संभवतः नेपाल मगर सांस्कृतिक संघ, चितवन जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित सिराइचुलीको टुप्पोमा पुगेर अधिवेशन गर्ने पहिलो संस्था हो। संघले स्थलगत अवलोकन भ्रमण सहितको अधिवेशन गरेको हो। 

images
प्रकाशित मिति :चैत्र ११, २०७९ शनिवार - २१:३७:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology