Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना गाउँपालिकाको जनसख्या १० वर्षमा करिब २६०० बढ्यो, साढे २७ हजार कट्यो

इच्छाकामना गाउँपालिकाको जनसख्या १० वर्षमा करिब २६०० बढ्यो, साढे २७ हजार कट्यो

images

इच्छाकामना न्युज

१०, चैत्र २०७९
इच्छाकामना गाउँपालिकाको जनसख्या १० वर्षमा करिब २६०० बढ्यो, साढे २७ हजार कट्यो
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाको जनसंख्या १० वर्षमा करिब २ हजार ६ सयले बढेको छ । राष्ट्रिय तथ्याङ्क आयोगले २०७८ मा गरेको जनगणना अनुसार आज प्रकाशन गरेको अन्तिम जनसंख्या विवरण अनुसार गाउँपालिकाको जनसंख्या २ हजार ६ सय ४१ ले बढेको पाईएको हो ।

२०७८ को जनगणना अनुसार इच्छाकामनाको जनसंख्या २७ हजार ६ सय ४३ पुगेको छ । तर १० वर्ष अघि २०६८ को जनगणना अनुसार २५ हजार २ मात्र रहेको थियो । जनगणना अनुसार इच्छाकामनामा परिवार संख्या पनि बढेको पाईएको छ । जसमा २०६८ मा ४ हजार ७ सय ७८ परिवार रहेको गाउँपालिकामा १० वर्षपछि १ हजार ४ सय ७ परिवार बढेर २०७८ मा ६ हजार १ सय ८५ पुगेको पाईएको छ । 

जनगणना अनुसार २०७८ मा गाउँपालिकामा पुरुषको संख्या १४ हजार ७ छ भने महिलाको संख्या १३ हजार ६ सय ३६ रहेको छ । 

यस्तै समग्र गाउँपालिकाको साक्षरता प्रतिशत ७४.१८ प्रतिशत छ जसमा पुरुष साक्षरता प्रतिशत ७९.३१ र महिला साक्षरता प्रतिशत ६८.९२ रहेको छ । 

 

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - १३:१७:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology