Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

भ्रष्टाचार र गुण्डागर्दी विरुद्ध अभियान चलाउन इच्छाकामनामा सचेत समूह गठन

भ्रष्टाचार र गुण्डागर्दी विरुद्ध अभियान चलाउन इच्छाकामनामा सचेत समूह गठन

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
भ्रष्टाचार र गुण्डागर्दी विरुद्ध अभियान चलाउन इच्छाकामनामा सचेत समूह गठन
images

कुरिनटार । चितवनको इच्छाकामनामा भ्रष्टाचार,ब्यतिथी र गुण्डागर्दी विरुद्ध अभियान चलाउन सचेत समूह नामक संस्था गठन हुनेभएको छ। गाउँपालिकामा कर्मचारीले गरेको भ्रष्टाचार, त्रिशूली नदि बाँध लगायत अन्य राजनैतिक आवरणमा हुने गुण्डागर्दी बिरुद्ध शसक्त आवाज उठाउने, गलत काम गर्ने र राजनैतिक दललाई दवाब सिर्जना गर्ने संचार साधन बाहेक अन्य संयन्त्र नहुदाँ गलत काम गर्ने कर्मचारी र राजनैतिक आवरणमा हुने गुण्डागर्दी, जनप्रतिनिधि द्वारा भएका गलत कामको प्रतिकार र रोकथाम हुन असहज भएको महसुस गरि सामाजिक न्याय , विकास र खबबरदारिको लागी स्थानिय युवाहरु सचेतसमूह निर्माणमा अग्रसर भएको समूहका एक सदस्यले बताए । 

सिद्धार्थ रिसोर्ट चुम्लिङटारमा युवाहरुको उपस्थितिमा तदर्थ कमिटि गठन भएको र आउँदो शनिबार गाउँपालिका स्तरीय कमिटी गठन गरि क्रमशः वडा र टोल सम्म कमिटी गठन गरिने र भ्रष्टाचार र ब्यतिथी विरुद्ध अभियान चलाइने तदर्थ कमिटीका ती सदस्यले बताए । कमिटीमा बस्न र भ्रष्टाचार,ब्यतिथी र गुण्डागर्दि विरुद्धको महाअभियानमा जोडिन चाहनेहरुलाई बिना राजनैतिक पुर्वाग्रह र अन्य कुण्ठा रहित रहि जोडिन समेत उनिहरुले आग्रह गरेका छन।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - २१:२९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology