Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनामा चालु आवमा उपभोक्ता समिति मार्फत हुने अधिकांश योजनाको निर्माण सम्पन्न

इच्छाकामनामा चालु आवमा उपभोक्ता समिति मार्फत हुने अधिकांश योजनाको निर्माण सम्पन्न

images

इच्छाकामना न्युज

५, चैत्र २०७९
इच्छाकामनामा चालु आवमा उपभोक्ता समिति मार्फत हुने अधिकांश योजनाको निर्माण सम्पन्न
images

कुरिनटार । चितवनको इच्छाकामनामा चालु आर्थिक वर्ष २०७९।०८० मा उपभोक्ता समिति मार्फत निर्माण हुने अधिकांश योजनाहरु सम्पन्न भएको छ । चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा गाउँपालिकामा उपभोक्ता समिति मार्फत निर्माण हुने ७० प्रतिशत योजनाको निर्माण सम्पन्न भएको हो ।

336789914_483472850520398_3178195519560125327_n.jpg

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङका अनुसार आर्थिक वर्षको अन्त्यमा काम गर्ने परिपाटीको अन्त्य गर्नका लागि बेलैमा योजना सम्झौता गरि कार्यान्वयन गरिएकोले उपभोक्ता समिति मार्फत निर्माण हुने काम सकिन लागेको छ । ‘चालु आर्थिक वर्षको चैतसम्ममा उपभोक्ता समिति मार्फत निर्माण हुने अधिकांश योजनाहरुको निर्माणको काम सम्पन्न गर्नेछौ’ –उनले भने यो वर्ष गाउँपालिकामा निर्माण हुने ९१ प्रतिशत योजनाहरुको सम्झौता भईसकेको छ, सकेसम्म हामी आर्थिक वर्षको अन्त्यतिर मात्र काम सुरु गर्ने परिपाटीको अन्त्य गर्न लागिपरिरहेका छौं ।’

336657383_608847317365920_6700005127721909398_n.jpg

यस्तै गाउँपालिकाले निर्माण सम्पन्न भैसकेका योजनाहरुको समेत भुक्तानी दिने काम भैरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले जानकारी दिए । गाउँपालिकाले चालु आर्थिक वर्षबाट उपभोक्ता समिति मार्फत निर्माण हुने सबै योजनाको भुक्तानी वडाबाटै प्रक्रिया पुर्‍याई भुक्तानी गर्ने व्यवस्था मिलाएको उनले बताए ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - १०:३५:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology