Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

इक्वेडरमा शक्तिशाली भूकम्प, अहिलेसम्म दर्जन बढीको ज्यान गएको पुष्टि

इक्वेडरमा शक्तिशाली भूकम्प, अहिलेसम्म दर्जन बढीको ज्यान गएको पुष्टि

एजेन्सी

५, चैत्र २०७९
इक्वेडरमा शक्तिशाली भूकम्प, अहिलेसम्म दर्जन बढीको ज्यान गएको पुष्टि
images

 इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

images
images

मनाबी, मान्ता र राजधानी क्विटोलगायत अन्य धेरै सहरहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि धेरै सहरमा भवनहरू क्षतिग्रस्त भएका छन् । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ । मानिसहरू भत्किएका घरमा फसेका छन् । उद्धारको काम भइरहेको छ ।

भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट झण्डै ५० माइल बालाओ नजिक रहेको थियो । आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । सन् २०१६ यता इक्वेडरमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

images
प्रकाशित मिति :चैत्र ५, २०७९ आइतवार - ०९:००:२९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology