Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

१५ हजार घुससहित पोखरा महानगरका सव–इन्जिनियर पक्राउ

१५ हजार घुससहित पोखरा महानगरका सव–इन्जिनियर पक्राउ

इच्छाकामना न्युज

४, चैत्र २०७९
१५ हजार घुससहित पोखरा महानगरका सव–इन्जिनियर पक्राउ

पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । 

images

पोखरा महानगरपालिका वडा नम्बर २८ को  कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विकलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । 

बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियारमा परेको थियो । 

सो आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलई १५ हजार घुस लिइसकेको अवस्थामा वडा नम्बर १४ चाउथेबाट शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

images
प्रकाशित मिति :चैत्र ४, २०७९ शनिवार - ०९:११:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology