Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोरोनाका लागि चन्दा उठाईएको रकम अन्य १२ खोपमा पनि प्रयोग गरिने 

कोरोनाका लागि चन्दा उठाईएको रकम अन्य १२ खोपमा पनि प्रयोग गरिने 

images
कोरोनाका लागि चन्दा उठाईएको रकम अन्य १२ खोपमा पनि प्रयोग गरिने 
images

काठमाण्डौ, २ माघ । कोरोना महामारीको खोपका लागि बुधबार सूचना जारी गरी ‘चन्दा’ आह्वान गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले त्यसबारे थप प्रष्टीकरण दिएको छ। प्रष्टीकरणमा स्वास्थ्य मन्त्रालयले त्यसरी संकलन हुने रकमको प्रयोजनको दायरा बढाएको जनाएको छ। बुधबार जारी सूचनामा सहयोग आह्वान गर्दा कोरोनाको खोपका लागि मात्र भनिएको थियो । 
आज मन्त्रालयले त्यो सूचनाको सम्बन्धमा थप स्पष्ट गर्दै विज्ञप्ति जारी गर्दा कोभिड–१९ का अतिरिक्त सरकारले सञ्चालन गरेका अन्य १२ खोपमा ‘चन्दा’को रकम प्रयोग गरिने उल्लेख छ । विभिन्न परोपकारी, एनजिओ, आइएनजिओ, व्यावसायिक तथा सामाजिक संस्थासँग कोरोना खोपका लागि भन्दै मन्त्रालयले सहयोग मागेको थियो । कोरोना खोपका लागि चन्दा आह्वान गरेको भन्दै उक्त सूचनाबारे चौतर्फी विरोध भएको थियो । 
अर्थ मन्त्रालयले कोरोना खोपका लागि पर्याप्त बजेट व्यवस्थापन भइसकेको जनाएको थियो । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जारी गरेको विज्ञप्तिमा त्यसरी रकम संकलन भए अन्य १२ खोपका लागि प्रयोग गर्ने भनिएको छ । 

images
प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १८:४६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology