भुम्लिचोक । व्यवसायिक तरकारी खेती गर्ने गण्डकी गाउँपालिकाका १२४ जना सीमान्तकृत चेपाङ किसानलाई क्रेट वितरण गरिएको छ । मौसमी तथा बेमौसमी तरकारी सुरक्षित तरिकाले बजारसम्म पु¥याउन मद्दत पुग्ने उद्देश्यले सांसद राजेन्द्र बजगाईँले प्रत्येक किसानलाई तीनवटाका दरले क्रेट वितरण गरेका हुन् ।
बुधबार गण्डकी गाउँपालिकामा आयोजित कार्यक्रममा सांसद बजगाईँले वडा नं. ६ र ७ हिक्लुङ, थुम्का, लुप्राङ, कौदी, ह्वीलिङ, क्याङतुङका व्यवसायिक चेपाङ किसानहरुलाई क्रेट वितरण गरेका हुन् ।
क्रेट पाउँदा किसानहरुले खुशी व्यक्त गरेका छन् । यसअघि बोरा र डोकामा तरकारी बोक्दा चोट लाग्ने र तरकारी बिग्रिने गरेकाले अब क्रेटमा सुरक्षित तरिकाले बजार पु¥याउन पाउने भन्दै खुशी व्यक्त गरेका छन् ।
‘यहाँका व्यवसायिक तरकारी खेती गरेका चेपाङ किसानले बोरामा, डोकामा असुरक्षित तरिकाले तरकारी बोकेर राजमार्गसम्म पु¥याउने गरेको देखेको थिएँ’, सांसद बजगाईँले भने, ‘क्षति कम होस् भनेर सुरक्षित रुपमा तरकारी बोक्न क्रेटको व्यवस्था गरेको हुँ । उहाँहरुमा व्यवसायिक तरकारी उत्पादनमा थप हौसला मिल्ने विश्वास लिएको छु ।’ किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले व्यक्तिगत खर्चमा क्रेट उपलब्ध गराएको भन्दै उनले अब छिट्टै सालको पातको टपरी बनाउने मेसिन र ठूलो साइजको कोदालो वितरण गर्ने तयारी गरेको बताए ।
उक्त कार्यक्रममा नेपाली काँग्रेस गोरखाका उपसभापति धिरण थापा, जिल्ला सचिव कृष्ण आले, नेपाली कांग्रेस गण्डकी गाउँपालिका सभापति होमबहादुर राना, वडा सभापति रामनारायण श्रेष्ठ तथा वडा सचिव मिनबहादुर पुलामी लगायतको उपस्थिति रहेको थियो ।
गण्डकी गाउँपालिकाको उक्त ठाउँका किसान ब्यवशायीक रुपमा तरकारी खेती गर्छन । उत्पादन गरेको तरकारी क्रेटमा राखेर पृथ्वीराजमार्ग सम्म ल्याउने र बिक्री गर्ने गर्छन ।