मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. ५ स्थित मुग्लिनमा आज गाउँपालिकाको सेवा प्रवाह सम्बन्धमा आर्थिक वर्ष २०७९।०८० को प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहेका थिए ।
कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवालले कर्मचारीहरुले आफ्नो सेतो डे«समा कुनै दाग नलाग्ने गरि काम गर्नुपर्ने बताए ।
कार्यक्रममा गाँपालिका उपाध्यक्ष माया सिलवालले स्वागत मन्तव्य राखेका थिए भने प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुषालले चालु आर्थिक वर्षको दोस्रो चौमासिकसम्ममा गाउँपालिकाले गरेका प्रमुख कामहरुको संक्षिप्त विवरण प्रस्तुत गरेका थिए ।