Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक, वित्तीय संकटको खतरा

अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक, वित्तीय संकटको खतरा

images

एजेन्सी

२७, फाल्गुण २०७९
अमेरिकामा ‘डुब्यो’ १६औं ठूलो बैंक, वित्तीय संकटको खतरा
images

अमेरिकामा सन् २००८ को वित्तीय संकटपछि बैंक डुबेको छ । नियमनकारी निकायले अमेरिकाको १६ औं ठूलो बैंक सिलिकन भ्याली बैंक (एसभीबी)लाई बन्द गराएको हो ।

बैंकले तरलता व्यवस्थापन गर्न नसक्दा निक्षेपकर्ताको पैसा फिर्ता गर्न सकेको थिएन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एसभीबीमा दुई लाख ५० हजार अमेरिकी डलरसम्म निक्षेप भएका निक्षेपकर्ताहरु भने सुरक्षित छन् । 

अमेरिकाको फेर्डरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन (एफडीआईसीले व्यक्तिको बैंकमा हुने २ लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेपको बिमा गरेको हुन्छ । बैंक डुबे पनि दुई लाख ५० हजार अमेरिकी डलरसम्मको निक्षेप बिमा कम्पनीले फिर्ता दिन्छ । 

एसभीबी बैंक अमेरिकामा आइटी कम्पनीलाई ऋण दिने क्रिप्टो कम्पनीलाई ऋण बढी दिने बैंकको रुपमा चिनिएको थियो । क्रिप्टो फर्महरुलाई दिएको कर्जा र पछिल्लो समय बढेको ब्याजदर तथा क्रिप्टो मार्केटमा आएको संकटले बैंक डुब्ने स्थितिमा आएको हो ।

बैंकले दुई खर्ब ९ अर्ब अमेरिकी डलर बराबरको ऋण दिएको थियो भने बैंकमा एक खर्ब ७५ अर्ब अमेरिकी डलर बराबरको निक्षेप थियो ।

सन् २००८ पछि १६ औं ठूलो बैंक डुबेपछि अमेरिका ट्रेजरी सेक्रेटरी जैनेट एलेनले अमरिकन नियमनकारी निकायसँग आपतकालीन छलफल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

“सेक्रेटरी एलेनले बैंकिङ क्षेत्रमा आएको समस्याको बारेमा संवेदनशिल छन्नि । यमनकारी निकायले यसको बारेमा उचित निर्णय लिनेछन्,”एलेनले जारी गरेको विज्ञप्तिमा भनेकी छन् ।

बैंकका साना निक्षेपकर्ता आफ्नो पैसा कसरी फिर्ता लिने भन्नेमा चिन्तामा रहेको सञ्चारमाध्यहरुले जनाएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २७, २०७९ शनिवार - ०९:१२:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology