Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्दे गाउँपालिकाद्वारा १६० स्थानको माटोको नमुना परिक्षण

म्याग्दे गाउँपालिकाद्वारा १६० स्थानको माटोको नमुना परिक्षण

इच्छाकामना न्युज

२६, फाल्गुण २०७९
म्याग्दे गाउँपालिकाद्वारा १६० स्थानको माटोको नमुना परिक्षण
images

तनहुँ । म्याग्दे गाँउपालिका कृषि शाखाको आयोजनामा भएको निशुल्क माटो परिक्षण शिविरमा १६० स्थानको माटाको परिक्षण भएको छ । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सँगको समन्वयमा गरिएको निशुल्क माटो परिक्षण शिविरमा पालिकाको सातै वडाको माटो परिक्षण गरिएको थियो । 

images
images

पालिकाको कृषि शाखाको आर्थिक वर्ष ०७९।०८० को स्वीकृत वार्षिक कार्यक्रम  अन्र्तगत माटो तथा मल परिक्षण प्रयोगशाला, पोखराको प्राविधिक सहयोग तथा पालिकाको आयोजनामा गरिएको निशुल्क माटो परिक्षणमा ६० वटा नमुना माटोको रिपोर्ट आईसकेको छ भने १०० माटोको नमुना भने माटो तथा मल परिक्षण प्रयोगशाला पोखरामा परिक्षण भईरहेको कृषि शाखाका प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । 

रिपोर्टवाट म्याग्दे गाँउपालिकाको अधिकांश माटोमा पोटासको मात्रा कम रहेको, अरु खाद्यय तत्व नाईट्रोजन र पस्फोरसको मात्रा भने मध्यम पाईएको छ । माटोको परिक्षण माटो विज्ञ उमेश सापकोटा, खुवराज वराल, प्राविधिक सहायक सरास्वती वास्तोलाले माटोको परिक्षण गरेको थियो । 

जथाभावी रसायनिक मलको प्रयोग तथा चाहिने भन्दा कम प्रयोग गर्नाले वालीलाई नकारात्मक असर पर्न गई उत्पादकत्व पनि घट्न जाने हुदाँ यसको  सन्तुलित प्रयोग कसरी गर्न सकिन्छ भन्ने हेतु माटो परिक्षण गरिएको हो । किसानलाई आफनो खेत वारीको माटोको अवस्था कस्तो छ, आवश्यक खाद्यतत्व पुगेको छ या छैन, माटो अम्लिय वा क्षारिय छ भन्ने कुराको शिविरमा माटोको नमुना परिक्षणवाट रिपोर्ट प्राप्त भईसकेपछि कृषकलाई जानकारी गराईने पालिकाले जनाएको छ । 

निशुल्क माटो शिविरमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा नं ७ का वडाध्यक्ष वसन्त श्रेष्ठ, लगायतको उपस्थिती रहेको थियो ।  

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - २२:०९:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology