Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईद्वारा तनहुँ १ मा उम्मेद्वार बन्ने घोषणा

काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईद्वारा तनहुँ १ मा उम्मेद्वार बन्ने घोषणा

इच्छाकामना न्युज

२६, फाल्गुण २०७९
काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईद्वारा तनहुँ १ मा उम्मेद्वार बन्ने घोषणा

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा उम्मेद्वार बन्ने दाबी गर्नु भएको छ । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य बन्नु भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको भएकोले नेता भट्टराईले उम्मेदवार बन्ने दाबी  गर्नु भएको हो  ।

images

आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पाटी सभापति शेरबहादुर देउवाले चुनावको प्रचारमा हिड्नु टिकट तपाईले पाउनु हुन्छ  भनेको बताउनुभयो । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी सुरेश भट्टराई, एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोत्ता समितिका अध्यक्ष तेजबहादुर चितौरे मगर, आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शालिग्राम अधिकारी लगायतले  देशको निकास दिने र विकास दिने नेपाली काँग्रेस भएको कुरा जनतालाई बुझाएर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन कटिबद्ध भएर लाग्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो । नेता भट्टराईले गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।

प्रतिनिधी सभामा निर्वाचित व्यक्ति राष्ट्रपति बनेमा सो निर्वाचन क्षेत्र रिक्त हुने र ६ महिना भित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । तनहुँबाट केन्द्रीय सदस्य तीन जना रहेका छन् । केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भई सक्नु भएको छ भने अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित हुनु भएको छ । केन्द्रीय सदस्य भट्टराईले तनहँु क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहाना राख्नु भएको थियो तर वरिष्ठ नेता पौडेल उम्मेदवार बनेपछि उहाँ पछि हट्नु परेको थियो । जिल्लाका नेताहरु मध्ये सबैभन्दा सिनियर नेता भएकाले भट्टराईले नै टिकट पाउने सम्भावन बढी रहेको छ । नेता भट्टराईले उपनिर्वाचन हुने अवस्था आएपछि पार्टी सभापति देउवालाई भेट्नु भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७९ शुक्रवार - २२:०७:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology