Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कार्यालय सहायकको किर्ते हस्ताक्षर गरि रकम हिनामिना गर्ने आरोपित कर्मचारीद्वारा अपराध स्वीकार

कार्यालय सहायकको किर्ते हस्ताक्षर गरि रकम हिनामिना गर्ने आरोपित कर्मचारीद्वारा अपराध स्वीकार

images

इच्छाकामना न्युज

२५, फाल्गुण २०७९
कार्यालय सहायकको किर्ते हस्ताक्षर गरि रकम हिनामिना गर्ने आरोपित कर्मचारीद्वारा अपराध स्वीकार
images

कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा किर्ते काण्डमा मुछिएका तीनै जना कर्मचारीहरुले अपराध स्वीकार गरेका छन् । आज गाउँपालिकामा पीडित कर्मचारी र जनप्रतिनिधिहरुसँग उनीहरुले आफ्नो अपराध स्वीकार गरेका हुन्। 

एक कार्यक्रमको शीर्षकमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल, योजना शाखाका प्रमुख सविता अर्याल र लेखा प्रमुख पवन खरेलले सात जना वडाका कार्यालय सहायक कर्मचारीहरुको किर्ते दस्तखत गरि रकम हिनामिन गरेको आरोप लागेको थियो ।

घटनाको सन्दर्भमा पिडित कर्मचारी, आरोपित कर्मचारी, जनप्रतिनिधि, निवर्तमान जनप्रतिनिधि लगायत बसेर आज गरिएको छलफलमा आरोपित कर्मचारीहरुले आफ्नो अपराध स्वीकार गरेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए । उनका अनुसार हाल उक्त काण्डका आरोपित तत्कालिन लेखा प्रमुख रहेका लेखाका कर्मचारी पवन खरेललाई गाउँपालिकाले कार्यालयको नियमित काममा रोक लगाइएको छ । 

यस्तै तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल र योजना प्रमुख सविता अर्याल भने सरुवा भइसेका छन् । कानुनी कारबाहीका लागि गाउँपालिकाको तर्फबाट गर्न पर्ने सम्पूर्ण प्रकृयामा सहयोग हुने अध्यक्ष गुरुङको भनाई छ ।

यता प्रमुख प्रशासकिय अधिकृत जगतप्रसाद भुसालले यस अनियमितताका बारेमा छानबिनका लागि सम्बन्धी माथिल्लो निकायमा पत्राचार गरिने बताए ।

images
प्रकाशित मिति :फाल्गुण २५, २०७९ बिहिवार - २२:२९:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology