कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकामा पनि ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ । ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’भन्ने मूल नाराका साथ संसारभर मनाईएको दिवसको अवसरमा गाउँपालिकाले बुधबार एक कार्यक्रमको आयोजना गरि मनाएको हो ।
दिवसको अवसरमा गाउँपालिकाले लैङ्गिक समानता विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिका उपाध्यक्ष माया सिलवालको अध्यक्षमा पालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, प्रमुख प्रशासकिय अधिृकत जगतप्रसाद भुषाल, निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङ, सावित्री गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रशिक्षक बाबुराम भुषालले सहजिकरण गरेका थिए ।