Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

कुरिनटार आसपास राजमार्गमा चोरी गर्दै हिड्ने चालक गाडी सहित पक्राउ

कुरिनटार आसपास राजमार्गमा चोरी गर्दै हिड्ने चालक गाडी सहित पक्राउ

images

इच्छाकामना न्युज

२४, फाल्गुण २०७९
कुरिनटार आसपास राजमार्गमा चोरी गर्दै हिड्ने चालक गाडी सहित पक्राउ
images

कुरिनटार । भाडाको गाडी चलाउदै इच्छाकामना गाउँपालिकाको राजमार्ग छेउ छाउ चोरी गर्दै हिडेको आरोपमा गाडी सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कुरिनटारस्थित राजमार्ग आसपास रहेको घर, पसलमा रहेका सामाग्रीहरु, सडकमा रोकीराखेको गाडीहरुको सामानहरु गाडी लिएरै चोरी गर्दै हिडेको आरोपमा गाडी सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनको टोलीले नियन्त्रणमा लिएको छ । 

गत २१ गते इच्छाकामना ४ कुरिनटारमा पार्किङमा रोकि राखेको शोभा होमवेयर्सको टाटा योद्धा गाडिको स्पेयर टायर चोरी गरेको सिसिटिभी फुटेजमा देखिए अनुसार प्रदेश ३–०१ बा २३ च १९८९ नम्बरको खसी बाख्रा बोक्ने  गाडी सहित गाडीका चालक प्रतापपुर गोपिगन्ज परासीका २३ वर्षीय रहमान मियालाइ पक्राउ गरिएको मुग्लिन प्रहरीले जानकारी दिएको छ।

पछिल्लो समय रोकि राखेको सवारीसाधनको टायर, ब्याट्री, तेल लगायत महत्त्वपूर्ण सामाग्री चोरिमा अत्याधिक वृद्वि भएपनि चोर पक्राउ पर्न सकेको थिएन । सिसि टिभी फुटेज अनुसार पहिचान गरि रहमान मिया पक्राउ परेपछि अन्य चोरिको घटनाका जिम्मेवारहरु समेत पक्राउपर्ने सम्भावना बढेको छ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०७९ बुधवार - १४:३२:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology