Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामनाको गर्दास माविमा तीनदिने स्काउट फ्रेन्डसिप क्याम्प सुरू

इच्छाकामनाको गर्दास माविमा तीनदिने स्काउट फ्रेन्डसिप क्याम्प सुरू

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
इच्छाकामनाको गर्दास माविमा तीनदिने स्काउट फ्रेन्डसिप क्याम्प सुरू
images

गर्दास । चितवनको गर्दासमा सोमबारदेखि तीनदिने स्काउट फ्रेन्डसिप क्याम्प सुरू भएको छ । फागुपूर्णिमाको अवसरमा इच्छाकामना गाउँपालिका वडा नं–७ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा सोमबारदेखि रत्न कालिका स्काउट फ्रेन्डसिप क्याम्प–२०७९ सञ्चालन भएको हो ।

कार्यक्रममा हिमालयन माध्यमिक विद्यालय रत्ननगरका प्राचार्य एवं क्याम्प चिफ पशुपति उपाध्यायको अध्यक्षता एवं इच्छाकामना गाउँपालिका वडा नं–७ स्थित तीनकन्या सामुदायिक वनका अध्यक्ष मानबहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

क्याम्पमा जिल्लाका १३ विद्यालयका ३५० स्काउट विद्यार्थीको सहभागिता रहेको छ । तीन दिन, दुई रातसम्म सञ्चालन हुने सो क्याम्पमा २१ वटा बेस रहेका छन् । जसअन्तर्गत सुपर म्यान, ओमेगा जम्प, जिपलाइन, कमान्डो ब्रिज, ल्याडर क्रसिङ्ग, टायर क्रसिङ्ग, टनेल, मन्की क्रसिङ्गलगायतका क्रियाकलाप रहेका छन् । क्याम्पमा मनोरञ्जन क्रियाकलापअन्तर्गत फेस पेन्टिङ्ग, क्याम्प फायरका साथै इकाइहरुबीच नृत्य प्रतियोगितासमेत हुनेछ ।

स्काउट विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनुका साथै उनीहरुमा व्यक्तित्व तथा नेतृत्व क्षमता विकास गराउनका लागि उक्त क्याम्पको आयोजना क्याम्प चिफ पशुपति उपाध्यायले जानकारी दिए ।

कार्यक्रममा मुनलाइट आवासीय माध्यमिक विद्यालयका प्राचार्य एवं कालिका प्याब्सनका अध्यक्ष चित्रबहादुर रायमाझी, चितवन राइनो रोभर रेन्जर क्र्युुका अध्यक्ष एवं बुद्धज्योति माध्यमिक विद्यालय रत्ननगरका प्राचार्य बैकुण्ठ मरहठ्ठा, एकता शिशु निकेतनका सह–प्राचार्य एवं स्काउटर कमल शर्मा, प्यारागन माध्यमिक विद्यालयका सह–प्राचार्य उमराज आचार्य, स्काउटर सन्तोष बस्ताकोटी, स्काउटर देवेन्द्र न्यौपाने, पृथ्वी गुरूङ, भीमा थापालगायतको उपस्थिति रहेको थियो ।

क्याम्पमा आबुँखैरहनीस्थित राम शाह क्र्यु र चितवन राइनो रोभर रेन्जर क्र्युका उल्लेख्य रोभर रेन्जरहरुको सक्रिय सहभागिता रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १०:५२:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology