Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

दक्षिण कोरियामा नयाँ नियमले नेपालीलाई पनि फाइदा, अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

दक्षिण कोरियामा नयाँ नियमले नेपालीलाई पनि फाइदा, अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने

इच्छाकामना न्युज

२३, फाल्गुण २०७९
दक्षिण कोरियामा नयाँ नियमले नेपालीलाई पनि फाइदा, अब हप्तामा ६९ घण्टासम्म काम गर्न पाइने
images

काठमाडौं । दक्षिण कोरिया सरकारले हप्तामा ५२ घण्टा काम गर्न पाउने निमयलाई परिवर्तन गरेर ६९ घण्टा पुर्‍याउने भएको छ । कोरियाली सरकारले हिजो प्रस्तुत गरेको नयाँ नियमअनुसार कम्पनीले चाहेमा अब कामदारहरुलाई हप्ताको ६९ घण्टासम्म काम लगाउन सक्ने व्यवस्था भएको एएफपीले जनाएको छ । यसअघि ४० घण्टा नियमित र १२ घण्टा ओभरटाइम गरी ५२ घण्टा काम गर्न पाउने व्यवस्था थियो ।

images
images

सन् २०२१ देखि पूर्ण रुपमा लागू भएको ५२ घण्टे व्यवस्थालाई रोजगारदाता कम्पनीहरुले विरोध गरेपछि सरकारले बढाएको हो । अब कम्पनीमा धेरै काम हुँदा दिनमा १३ घण्टासम्म र हप्तामा ६९ घण्टासम्म काम लगाउन सक्ने छन् ।

नियममा कामदारले दिनको ११ घण्टा आराम अनिवार्य गरिने उल्लेख छ । नयाँ नियमअनुसार कम्पनीहरूले साप्ताहिक मात्र नभइ मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक आधारमा ओभरटाइम व्यवस्थापन गर्न पनि सक्ने छ ।

नयाँ नियमअनुसार कामको व्यवस्थापन गर्दा कामदारसँग पनि कामको अवधिबारे सम्झौता हुनुपर्ने व्यवस्था छ । कोरियामा अहिले १६ वटा देशबाट ईपीएसमार्फत् झण्डै चार लाख कामदार काम गरिरहेका छन् । रोजगारदाताहरुले सरकारको नियमलाई स्वागतयोग्य भनेका छन् भने ट्रेड युनियनहरुले रोजगारदातालाई फाइदा हुने गरी ल्याएको नियम भन्दै विरोध गरेका छन् ।

मासिक दुई हजार नेपाली पठाउन कोरियाको पत्राचार

रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत हुने परीक्षा सुधार र श्रमिक पठाउने विषयमा छिटोछरितो काम गरेका कारण कोरियाले नेपालबाट प्रतिमहिना दुई हजार श्रमिक लैजाने भएको छ ।

यो वर्षदेखि कोरियाले १६ देशलाई निश्चित कोटा नछुट्याई छिटो श्रमिक आपूर्ति गर्ने मुलुकबाट धेरै श्रमिक लैजाने नीति लिएको छ । यही नीतिअनुसार नेपालबाट पनि धेरै श्रमिक लिन लागेको हो । दक्षिण कोरियाले यही फेब्रुअरीबाट मासिक रुपमा दुई हजार युवालाई कोरिया पठाउने तयारी गर्न नेपाललाई पत्र पठाएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले नेपालले छिटोछरितो श्रमिक पठाएको र परीक्षा पद्धतिमा समेत सुधार गरेका कारण यहाँबाट धेरै श्रमिक लैजान कोरिया सकारात्मक देखिएको बताएका छन् ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७९ मंगलवार - १०:०१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology