Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

चितवन–२ को उपनिर्वाचन स्थगित नभए बहिस्कार गर्ने प्रभु साहको आम जनता पार्टीको चेतावनी

चितवन–२ को उपनिर्वाचन स्थगित नभए बहिस्कार गर्ने प्रभु साहको आम जनता पार्टीको चेतावनी

images

इच्छाकामना न्युज

२१, फाल्गुण २०७९
चितवन–२ को उपनिर्वाचन स्थगित नभए बहिस्कार गर्ने प्रभु साहको आम जनता पार्टीको चेतावनी
images

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचन स्थगित गर्न आग्रह गरेको छ । बैशाख १० गते हुन लागेको उपनिर्वाचन स्थगित नभए निर्वाचन बहिस्कार गर्ने आजपाको चेतावनी छ ।

चितवन २ मा उपनिर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयलाई साहको पार्टीले पक्षपाती, द्वेष र हतारो भएको जनाएको छ । सो पार्टीका प्रवक्ता चन्द्रभुषण साहले चितवन–२ को उपनिर्वाचन तत्काल स्थगन गर्नुपर्ने र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने क्षेत्रमा समेत एकैपटक चुनाव गर्नुपर्ने जनाएका छन् ।

‘मुलुकमा आसन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट केही दिनभित्र नै कम्तीमा पनि थप १–२ अन्य निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउनैपर्ने सम्भाव्य अपरिहार्यतालाई समेत बेवास्ता गर्दै देशको महत्वपूर्ण समय र राज्य कोषमा दोहोरो भार एवं नकारात्मक असर पर्ने गरी गर्न लागिएको पक्षपाती एवं बदनियतपूर्ण निर्वाचनलाई तत्काल स्थगन गरी चितवन–२ र राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनपछि खाली हुने सबै निर्वाचन क्षेत्रहरूमा एकैपटक मितव्ययी ढंगले निर्वाचन गर्न गराउन आयोगसँग जोडदार माग गर्दछु,’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो मागको समयमै सुनुवाइरसम्बोधन नभए यस गलत निर्वाचनमा हाम्रो आम जनता पार्टी सहभागी नहुने विषय सबै पक्षमा अग्रीम जानकारी गराउन चाहन्छु ।’

images
प्रकाशित मिति :फाल्गुण २१, २०७९ आइतवार - ०९:५०:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology