कुरिनटार । इच्छाकामना मानव अधिकार समूहले गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । मानवअधिकार समूहले शुक्रबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
समूहले गाउँपालिकाको ७ वटै वडाबाट समस्या पहिचान गर्दै ११ वटा बुँदामा गाउँपालिकाको ध्यानाकर्षण गराइएको छ ।इन्सेककी जिल्ला सहजकर्ता गायत्री गिरिको समेत उपस्थितिमा समूहकी अध्यक्ष पार्वती गिरि, गोमा श्रेष्ठ,सदस्यहरु हिरा बहादुर गुरुङ र सुन बहादुर गुरुङले गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई ज्ञापनपत्र बुझाएका हुन् ।
मानवअधिकारका सवाललाई स्थानिय सरकार मार्फत सम्बोधन गरी मानवअधिकार मैत्री गाउँपालिका निर्माण गर्ने उद्देश्यले ज्ञापनपत्र बुझाइएको मानव अधिकार समूहले जनाएको छ ।
ज्ञापनपत्र बुझ्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले मानवअधिकार मैत्री पालिका निर्माण गर्न प्रतिबद्धत रहेको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेख गरिएका समस्या तथा मागहरुको विषयमा छलफल र कार्यन्वनमा ल्याउने पनि प्रतिबद्धता जनाउनुभयो ।
शिक्षा स्वास्थ्य, वातावरण र जातिय विभेदका सवाललाई सामुहिक भेला, छलफल बहस गोष्ठी तथा शिविरहरु साथै अनुगमनका माध्यमबाट समस्या पहिचान गरि समस्या पहिचानका लागि स्थानिय तहलाई जिम्मेवार तथा जवाफ देहिता बनाउने काम गर्दै आएको समूहले जनाएको छ ।
यी हुन् मानव अधिकार समूहका ११ बुदेँ ज्ञापनपत्र ।
१,पालिकाको धेरै जसो विद्यालयमा बालमैत्री अपांगमैत्री विद्यालय नभएको हुदाँ पालिकाभित्र सबै विद्यालय बालमैत्री र कमसेकम एउटा विद्यालय अपांगमैत्री हुनुपर्ने
२, पालिकामा रहेका कुनै कुनै स्वास्थ्य संस्थामा बडापत्र नभएको ।
३, पालिकामा रहेका स्वास्थ्य संस्थामा बडापत्र भएता पनि त्याहाँ उल्लेख गरिएका स्वास्थ्य सुविधाहरु र औषधीहरु नपाएको हुदाँ उक्त सुविधाहरु सहजरुपमा पाउनुपर्ने
४, दुर्गम स्थानमा बसोबास गर्ने बासिन्दाहरु बिरामी परेको अवस्थामा एम्बुलेन्स समयमा उपलब्ध गराउन पालिकामा रहेको एम्बुलेन्स सबै जनता र वडाको पहुँचमा हुनुपर्ने
५, पालिकामा रहेका धेरै जसो स्वास्थ्य संस्थामा आकस्मिक कक्ष नहुदाँ सबै स्वास्थ्य संस्थामा आकस्मिक कक्ष हुनुपर्ने
६, पालिकाको ३ नम्बर वडामा राष्ट्रिय आधारभूत विद्यालय सरकारी विद्यालय भएता पनि सबै किताबहरु अभिभावकले नै किन्न परेकोमा उक्त किताबहरु विद्यालयले नै उपलब्ध गराउनु पर्ने
७, आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको शिक्षाबाट बञ्चित रहेको
८, बालबिवाहमा कमी ल्याउनका लागि जनचेतनामुलक कार्यक्रमको अभाव रहेको ।
९,ग्रामिण भेगमा धेरै जसो औषधीको अभाव रहेको
१०, प्रौढ शिक्षाको आवस्यक रहेको ।
११ , कुहिने र नकुहिने फोहोर व्यवस्थापनक लागि छुट्टाछुट्टै डसविनको आवस्यक रहेको ।