कुरिनटार । चितवनको मुग्लिन बजारमा भोली शनिबार बृहत् स्वास्थ्य शिविर आयोजना हुने भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित मुग्लिन बजारमा संचालित मुग्लिन हाइवे हस्पिटलले स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो ।
शिविरमा विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य जाँच तथा उपचार गरिने हस्पिटलले जनाएको छ । हस्पिटलका अनुसार शिविरमा भरतपुर अस्पतालका सिनियर कन्सल्टेन्ट गाईनोकोलिजिष्ट डा. सजन के.सी., वरिष्ठ अर्थोपेडिक सर्जन डा. प्रकाश कडेल र इन्टरनल मेडिसिन डा. सुदिप पाण्डे आउने भएका छन् । साथै शिविरको अवसरमा हस्पिटलले एक्स–रे, भिडियो एक्स–रे तथा ल्यावमा ३० प्रतिशत छुट दिइने भएको छ ।