Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा

फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा

images

इच्छाकामना न्युज

१९, फाल्गुण २०७९
फ्राइडे रिलिज : छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा
images

काठमाडौँ । बहुप्रतिक्षित फिल्म छक्का पञ्जा–४ र छड्के–२ आजबाट प्रदर्शनमा आउँदै छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको छक्का पञ्जा र अनमोल केसी अभिनित छडके–२ आजबाट प्रदर्शनमा आउन लागेको हो । दुबै सिक्ववेल मुभी हुन् ।

हेमराज विसीले निर्देशन गरेको छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

दिपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । आमा सरस्वती मुभिज र आइएमीको प्रस्तुति रहेको छ ।

उता, निर्भान फिल्म स्कुलको छडके–२ को मुख्य कलाकारमा अनमोल केसी छन् । चकलेटी हिरोको छवी बनाएका अनमोल छडके–२ बाट ग्यांगस्टार मुहारमा देखिदैछन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण १९, २०७९ शुक्रवार - ०९:१६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology