Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

करोड बढी मूल्यका गहनासहित तीन भारतीय नागरिक चितवन प्रहरीको फन्दामा

करोड बढी मूल्यका गहनासहित तीन भारतीय नागरिक चितवन प्रहरीको फन्दामा

इच्छाकामना न्युज

१७, फाल्गुण २०७९
करोड बढी मूल्यका गहनासहित तीन भारतीय नागरिक चितवन प्रहरीको फन्दामा
images

चितवन । चितवन प्रहरीले बुधबार करिब एक करोड १० लाख रूपैयाँ मूल्य बराबरको गहनासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवन प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार मंगलबार राति करिब १ बजेको समयमा पूर्वपश्चिम राजमार्गको भरतपुर क्षेत्रअन्तर्गत गोन्द्राङबाट १९ थरीका गरगहनासहित पक्राउ गरिएको हो।  

images
images

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नेक्सन कम्पनीको डब्ल्यूबी १२ एभी ५५६६ नम्बर भएको भारतीय गाडीमा गहना लुकाएर ल्याएको फेला पारेपछि कार चालक भारतको उत्तर प्रदेश राज्य बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, कारमा सवार भारत पश्चिम बंगाल राज्य, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कोलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका ४२ वर्षीय नरेश बर्मालाई पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए। 

उनीहरूले आफू सवार गाडीको सवार बस्ने सिटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा बहुमूल्य सुनका गरगहना तथा विभिन्न किसिमका पत्थरसमेत फेला पारेको प्रहरीले जनाएको छ। 

Police.jpg

प्रहरीका अनुसार तत्काल नापतौल गर्दा सुनजस्तो देखिने १२ थान धातुको चोकर (१५.५५५ तोला), सुनजस्तो देखिने पाँच थान सिक्री (पाइप) ५.१७५ तोला, हीराजस्तो देखिने चम्किलो धातु जडित दुई थान औँठी (०.६४३ तोला), आठ थान बक्स औँठी (१.९९७ तोला), पाँच थान मिनी हार (३.८५८ तोला), दुई थान टोपा औँठी (१.५३७ तोला), चार थान लकेट (१.२९४ तोला), चप्रा नभरेको ६ थान चुरा (५.७५७ तोला), ३१ जोर झुम्का (१२.७७२ तोला), चप्रा र लाहा भरेको चार थान चुरा (९.१६५ तोला), ट्यागसहितको चार थान मिनासहितको कल्ली बाला (६.१४५ तोला), सात थान हीराको हार (१०.३८८ तोला) बरामद गरिएको चितवन प्रहरीले जनाएको छ।  

यस्तै ट्यागसहित एक थान हीराको ब्रास्लेट (१.३७० तोला), ट्यागसहित एक थान हीराको बाला (०.६४७ तोला), ट्यागसहित चार थान हीराको औँठी (२.२२१ तोला), ट्यागसहित दुई थान हीराकै लकेट (१.४१८ तोला), ट्यागसहित हीराको १० थान झुम्का (४.७०० तोला), ट्यागसहित हीराको टप (२.१०४ तोला) र ३६ थान विभिन्न किसिमका पत्थर बरामद गरिएको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए। 

ती सबै गहनाको तौल लिँदा सुनका गहना ६३.८९८ थोला र हीराजडित गहना २२.८७८ तोला देखिएको उनले बताए। ती सामग्रीको बजार मूल्य करिब एक करोड १० लाख रूपैयाँ बराबरको हुन आउने प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :फाल्गुण १७, २०७९ बुधवार - १६:१०:५५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology