Logo

शुक्रवार, आश्विन २ गते २०८३

images
२०८३, आश्विन २ गते
images
images

चार दिनेदेखि वेपत्ता आँबुखैरेनीका मदन घिमिरे मृत फेला 

चार दिनेदेखि वेपत्ता आँबुखैरेनीका मदन घिमिरे मृत फेला 

इच्छाकामना न्युज

१६, फाल्गुण २०७९
चार दिनेदेखि वेपत्ता आँबुखैरेनीका मदन घिमिरे मृत फेला 
images

आँबुखैरेनी । गत फागुन १२ गते शुक्रबार देखि तनहुँको आँबुखैरेनीबाट हराई वेपत्ता भएका आँबुखैरेनी गाउँपालिका वडा नं.३ का ३६ वर्षिय मदन घिमिरे मृत फेला परेको छ । मृतक घिमिरेको शव आज बिहान ९ बजे आँबुखैरेनी ४ डम्पिङ्ग स्थित मस्र्याङ्गदी नदीमा डुबी मृत अवस्थामा फेला परेको हो ।

images
images

टोम नाम गरेको तालिम प्राप्त कुकुरको सहयोगमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक गायत्रीराज शर्मा र शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटार चितवनबाट खटिएको गोताखोरको टोलीले घिमिरेको शव मस्र्याङ्गदी नदीको ४० मिटर गहिराईबाट निकालेको हो ।


मदनको खोज तलासका लागि उनको श्रीमतीले वेपत्ता भएको भोलि पल्ट फागुन १३ गते इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दिएका थिए । खोज तलासको क्रममा मदनले प्रयोग गरेको ग २३ प २१३८ नम्बरको स्कुटर वेपत्ता भएकै दिनमा आँबुखैरेनी–४, डम्पीङ्ग स्थित पृथ्वी राजमार्गको सडक किनारमा वेवारिसे अवस्थामा फेला परेको थियो । 

अनुसन्धानको क्रममा स्कुटर पार्किङ्ग स्थलबाट झोलुङ्गे पुल जाने बाटो तर्फ गएको भन्ने सोही बमोजिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, केनाईन शाखाबाट टोम नाम गरेको तालिम प्राप्त कुुकुर समेत ल्याई खोजतलास गर्दा मदन सवार रहेको स्कुटर देखि मस्र्र्याङ्गदी नदीमा रहेको झोलुङ्गे पुलसम्म गई रोकिई घट्ना स्थल उक्त झोलुङ्गे पुल रहेको संकेत गरेका कारण अनुसन्धान गर्न साधुरो भएको थियो । 

थप अनुसन्धानको क्रममा आज मंगलबार बिहान ९ बजेको समयमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी र शसस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारको टोलीले संयुक्त रुपमा मदनको शव फेला पार्न सफल भएको प्रहरी निरिक्षक गायत्री राज शर्माले जानकारी दिए । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दमौली लगिएको प्रहरीले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १६, २०७९ मंगलवार - १९:२६:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology