Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोरोना परीक्षणका लागि नयाँ प्रविधि नेपाल भित्र्याउँदै सरकार 

कोरोना परीक्षणका लागि नयाँ प्रविधि नेपाल भित्र्याउँदै सरकार 

images
कोरोना परीक्षणका लागि नयाँ प्रविधि नेपाल भित्र्याउँदै सरकार 
images

काठमाण्डौ, १ माघ । सरकारले कोरोना परीक्षणका लागि क्रिस्पर प्रविधि प्रयोगमा ल्याउने तयारी सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अमेरिकाको मसाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) ले बनाएको पिसिआर परीक्षण गर्ने क्रिस्पर प्रविधि नेपालमा भित्र्याउने तयारी गरेको हो । 
मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको समन्वयमा पिसिआर परीक्षण गर्ने प्रविधि नेपाल भित्र्याउन लागेको हो । हिजो अमेरिकाको बोस्टन युनिभर्सिटीमा कार्यरत वरिष्ठ वैज्ञानिक दिग्विजय महतले पछिल्लो दुई सातादेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा यो प्रविधिको परीक्षण भइरहेको बताउनुभयो । उहाँले क्रिस्पर टेक्नोलोजी एमआईटीका वैज्ञानिकहरुको कोरोना भाइरसको संक्रमण पुष्टि गर्नका लागि प्रयोग गरिने पिसिआर परीक्षण गर्नका लागि बनाएको भन्दै यसलाई अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको बताउनुभयो । 
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकै जनशक्तिलाई प्रयोग गरेर यस प्रविधिबारे परीक्षण गरिरहेको भन्दै महतले यो प्रविधि निकै सस्तो र विश्वसनीय रहेकाले नेपालका लागि निकै उपयोगी हुने दावी गर्नुभयो । महतका अनुसार १० मिनेटमा ९० जनाको कोरोना परीक्षण गर्न सकिन्छ । हालसम्म ३ सय ६० जनाको कोरोना परीक्षण क्रिस्पर प्रविधिबाट गरिएको र त्यो ९८ दशमलव ३३ प्रतिशतसम्म सफल भएको महतले बताउनुभयो । 

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:३०:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology