Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

३६५ दिनमा ९५ दिन सार्वजनिक विदा, एक दिन विदा हुँदा १२ अर्ब घाटा

३६५ दिनमा ९५ दिन सार्वजनिक विदा, एक दिन विदा हुँदा १२ अर्ब घाटा

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
३६५ दिनमा ९५ दिन सार्वजनिक विदा, एक दिन विदा हुँदा १२ अर्ब घाटा
images

काठमाडौं । ०७९ को फागुन महिना । महत्वका दृष्टिले विशेष होइन । न दशैं र तिहार जस्ता ठुला पर्व नै यस महिनामा पर्छन् । तर, सरकारले यही महिना तुलनात्मक रुपमा धेरै सार्वजनिक विदा दिएको छ । नेपालको संविधानले जनयुद्ध चिन्दैन । न यसले राष्ट्रिय दिवसकै मान्यता पाएको छ । तर, सरकारले १ फागुनलाई जनयुद्ध दिवसको मन्यता दियो । र, उक्त दिन सार्वजनिक विदाको घोषण गर्‍यो । जुन सरकारी राष्ट्रिय ‘क्यालेन्डर’मा उल्लेख थिएन ।

images
images

३ फागुनमा लुम्बिनि प्रदेश स्थापना दिवस पर्‍यो । उक्त दिन प्रदेश सरकारले लुम्बिनिमा सार्वजनिक विदा दियो । ७ फागुन, राष्ट्रिय प्रजातन्त्र दिवसको दिन । उक्त दिन विदा नहुने कुरै भएन । ९ फागुनमा शेर्पा समुदायले ल्होछार पर्व मनाए । सरकारले उक्त दिन पनि सार्वजनिक विदा दियो ।

सरकारी ‘क्यालेण्डर’अनुसार फागुनकै २२ देखि २४ फागुनसम्म लगातार तीन दिन अर्को सार्वजनिक विदा परेका छन् । रंङको पर्व होली र नारी दिवस उक्त दिन परेका छन् । शनिबारको सहित जोड्दा फागुन महिनामा मात्रै सार्वजनिक विदा १० दिन परेका छन् । पर्वको महिना असोज । राष्ट्रिय चाड दशैं यही महिनामा पर्छ । शनिवारसहित उक्त महिनामा सार्वजनिक विदा मात्रै १४ दिन पर्‍यो । त्यस्तै, तिहार र छठ कात्तिकमा पर्छ । शनिबार बाहेक उक्त महिनमा मात्रै सार्वजनिक विदा मात्रै सात दिन भए । समग्रमा कात्तिक महिनामा ११ दिन सार्वजनिक विदा भए ।

गणतन्त्र स्थापनादेखि मुलुकमा पृथ्वी जयन्ती मनाउने परम्परा हटेका थियो । तर, यस वर्ष २७ पुसका दिन पृथ्वी जयन्ती मनाउन सार्वजनिक विदा दिइयो । यो विदा पनि सरकारी ‘क्यालेन्डर’मा उल्लेख थिएन । त्यसो हुँदा पुष महिनामा शनिवारसहित सार्वजनिक विदा मात्रै ८ दिन भए । सार्वजनिक विदा धेरै दिइएको बैशाख महिना पनि हो । विशेष महत्व नभएपनि बैशाखामा कुल नौ दिन सार्वजनिक विदा भए ।

सरकारी ‘क्यालेण्डर’ हेर्दा अन्य महिनामा भएको विदाका सुचि पनि लामै छन् । कतिपय यस्ता विदा छन्, जुन ‘क्यालेण्डर’मा समावेश छैनन् । प्रदेश तथा स्थानीय सरकार र सरकारी संस्थाले दिने विदा ‘क्यालेण्डर’मा उल्लेख गरिएका हुँदैनन् । ती समेत जोड्दा विदा सुचि अझ बढ्छ । ‘क्यालेण्डर’मै उल्लेखित सुचि हेर्दा ३६५ दिनमा ९५ दिन सार्वजनिक विदा परेका छन् ।

विदाका कारण राज्यलाई पर्ने घाटाका सम्वन्धमा अनुसन्धान गरिएका छैनन् । तर, नेपाल बन्द हुँदा पर्ने घाटाका सम्वन्धमा भने अध्ययन भएका छन् । पूर्वअर्थ सचिव रामेश्वर खनाल एक दिन मात्रै नेपाल बन्द हुँदा कम्तीमा १२ अर्ब रुपैयाँ घाटा हुने बताउँछन् । उनी भन्छन्,‘एक दिन सार्वजनिक विदा हुँदा राज्यलाई कति आर्थिक क्षति हुन्छ यसको बिषयमा अनुसन्धान भएका छैनन् । तर, नेपाल बन्द हुँदा पर्ने क्षतिका सम्वन्धनमा भने सामान्य अनुमान गरिएका छन् । प्राप्त तथ्यांक अनुसार एक दिन नेपाल बन्द हुँदा कम्तीमा पनि १२ अर्व रुपैयाँ आर्थिक क्षति हुन्छ ।’

उनका अनुसार यस्ता अनावश्यक विदाले राज्यलाई आर्थिक क्षति पर्ने मात्र नभई राज्यले दिने सुविधाबाट जनता वन्चित हुनेगर्छन् । तर, सार्वजनिक विदामा उद्योग, कलकारखाना, होटल रेष्टुरेन्ट, बैंक तथा वित्तिय संस्था खुद्रा व्यापार सुचारु हुने भएको हुँदा नेपाल बन्दमा जस्तो ठुलो क्षति भने नहुने उनको तर्क छ ।

उनी भन्छन्,‘सार्वजनिक विदामा उधोग तथा कारखाना खुलेका हुन्छन् । बैंक तथा वित्तिय संस्था बन्द भएपनि खुद्रा तथा थोक व्यापार चलेका हुन्छन् । होटल र रेष्टुरेन्ट पनि खुला हुन्छन् । त्यसो हुँदा नेपाल बन्दमा जस्तो ठुलो परिमाणमा आर्थिक क्षति त हुँदैन । तर, राज्यबाट प्रवाहित सुविधा लिन जनता बन्चित हुन्छन् । जस्तो नागरिकता, पासपोर्ट, लाइसेन्स, राष्ट्रिय परिचय पत्र राज्यबाट प्रवाहित सुविधा हुन् । विदा हुँदा यी सुविधा लिन जनता बन्चित हुन्छन् ।’

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - १०:४६:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology