Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू

रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
रत्ननगरका विद्यालयमा एचपिभीविरुद्धको खोप अभियान सुरू

चितवन । रत्ननगर नगरपालिकाभित्रका २९ सामुदायिक र २१ संस्थागत विद्यालय गरी ५० विद्यालयका ११ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ह्युमन पापिलोमा भाइरस (एचपिभी)विरुद्धको खोप अभियान सुरू भएको छ। 

images

नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको सहयोगमा प्राप्त एचपिभीविरुद्धको खोप विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा रत्ननगर नगरपालिकाका दुई हजार बालिकालाई खोप लगाउन सुरू गरिएको रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले जानकारी दिए। 

रत्ननगर–१ स्थित बकुलहर माविका सहायक प्रधानाध्यापक भोजराज पौडेलको अध्यक्षतामा सञ्चालित खोप अभियानका प्रमुखअतिथि रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रल्हाद सापकोटाले एचपिभीविरुद्धको खोप बालिकालाई अत्यन्त प्रभावकारी रहेकाले ढुक्क भएर लगाउन आग्रह गर्दै रत्ननगर नगरपालिकाले स्वास्थ्यसँग सम्बन्धित विविध कार्यक्रम ल्याएको बताए। स्वास्थ्य र शिक्षाबाट कुनै पनि बालबालिका विमुख हुन नपर्ने उनको भनाइ थियो। 

कार्यक्रममा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यक्रम संयोजक डा. कृष्णप्रसाद सुवेदीले एचपिभीविरुद्धको भ्याक्सिनको प्रभावकारिताबारे चर्चा गर्दै एचपिभी खोप लगाएपछि भाइरसको सङ्क्रमण, पाठेघरको मुखको क्यान्सर, योनीको क्यान्सरबाट बचाउन सकिने बताए। उनले एचपिभी खोप पाँचदेखि एक वर्षको फरकमा दुईपटक लगाउनुपर्ने बताए। विश्वका धेरै देशमा लगाइएको सो खोपको साइड इफेक्ट नरहेको उनले जानकारी दिए। 

कार्यक्रममा नगरशिक्षा अधिकारी बद्रिनारायण शर्मा, नगरसमिति सदस्य नेत्रप्रसाद घिमिरे, स्वास्थ्य शाखा प्रमुख माधव पौडेल र स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो। आइतबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्राविधिक टोलीले ६५ जना बालिकालाई खोप लगाएका थिए। खोप कार्यक्रम फागुन २९ गतेसम्म सञ्चालन हुनेछ। 

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - २१:४१:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology