Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

सन्तानलाई चाहिने भएपछि ६८ वर्षमा लिए इच्छाकामना स्याङदीका वीरबहादुर घर्तीले नागरिकता

सन्तानलाई चाहिने भएपछि ६८ वर्षमा लिए इच्छाकामना स्याङदीका वीरबहादुर घर्तीले नागरिकता

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७९
सन्तानलाई चाहिने भएपछि ६८ वर्षमा लिए इच्छाकामना स्याङदीका वीरबहादुर घर्तीले नागरिकता
images

स्याङदी । नागरिकताअनुसार वीरबहादुर घर्तीको उमेर ६८ वर्ष पुग्यो । आफ्नो उमेरलाई सात दशकको यात्रामा दौडाइरहेका घर्तीलाई आफ्नै लागि भनेर नागरिकता अभावको महसुस कहिल्यै भएन, र त बनाइएन नागरिकता । जब छोराछोरीका लागि नागरिकता आवश्यक प¥यो, त्यसपछि उनलाई पनि नागरिकताको आवश्यकता महसुस भयो । बुबाको नागरिकताबिना सन्तानको नागरिकता सम्भव नहुने भएपछि इच्छाकामना–७, स्याङदी, ढाँटबारीका घर्तीले ६८ वर्षको उमेरमा गत माघ १३ गते बल्ल नागरिकता लिएका छन् ।

‘अहिलेसम्म चाहिया थे’न, अहिले छोराछोरी हुर्किएपछि चाहियो’, उनी भन्छन् । जेठो छोरो राजु २२ वर्षका भए । छोराछोरीलाई बाटो देखाउनकै लागि पनि नागरिकता चाहिने भएपछि उनले ढिलै गरी भए पनि नागरिकता लिएका हुन् । आफ्नो बुबाआमाको नागरिकता नभएकै कारण पनि नागरिकता पाउन त्यति सहज भने थिएन । अहिले पनि दाजुको नागरिकताको आधारमा नाता प्रमाण कायम गरेपछि प्रशासन कार्यालयबाट उनले नागरिकता पाएका हुन् ।

आर्थिक सङ्कटबाट गुज्रिरहेका घर्ती परिवारको आम्दानीको स्रोत भनेकै दैनिक मजदुरी हो । आर्थिक हिसाबले पनि ज्यादै न्यून स्थिति रहेकोले गाउँघरकै ज्याला मजदुरीमा भर पर्नुपर्ने भएको हुँदा खानाको जोहो गर्नमै बढी ध्यान केन्द्रित हुने भएकोले गाउँभन्दाबाहिर जान सक्ने स्थिति नै नरहेको गाउँ कार्यपालिका सदस्य राजकुमार चेपाङले बताए । ‘पुराना व्यक्तिहरुलाई अझै पनि नागरिकताको मह¤वबारे थाहा छैन’, उनले भने, ‘सन्तानको नागरिकता लिने समय आएपछि बल्ल अभिभावकले नागरिकता लिन खोज्छन् ।’

गाउँपालिकाले घर बनाउन सघाउने

घर्तीको आर्थिक अवस्था कमजोर भएपछि गाउँपालिकाले नै घर निर्माणका लागि आवश्यक सामग्रीसमेत जुटाइदिने भएको छ ।

फुसको छाप्रोमा कष्टपूर्ण जीवन गुजारिरहेका घर्ती परिवारलाई गाउँपालिकाले घर निर्माणका लागि जस्ता र आवश्यक सामग्री जुटाइदिने पालिकाका अध्यक्ष दानबहादुर गुरूङले जानकारी दिए । गाउँपालिकाले आफ्नो पालिकाभित्रका विपन्न वर्गको पहिचान गरी घर निर्माणमा सहयोग गर्ने योजना ल्याएको उनले बताए ।

घर्ती परिवार आफैँले गरेर खाने जग्गाजमिनसमेत नभएको हुँदा पालिकाले दायित्व निर्वाह गर्न खोजेको उनको भनाइ छ । ‘घर बसेकै ठाउँबाहेक अन्त जग्गा नै छैन’, अध्यक्ष गुरूङले भने, ‘त्यसैले उहाँको अवस्था हेरेर पनि पालिकाले दायित्व वहन गर्नुपर्ने बाध्यता नै छ ।’

images
प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - २२:०५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology