Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

प्रजातन्त्र दिवसमा इच्छाकामनाको वल्र्याङमा बृहत स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा

प्रजातन्त्र दिवसमा इच्छाकामनाको वल्र्याङमा बृहत स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा

images

इच्छाकामना न्युज

७, फाल्गुण २०७९
प्रजातन्त्र दिवसमा इच्छाकामनाको वल्र्याङमा बृहत स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा
images

काउले । ७३ औँ प्रजातन्त्र दिवसको अवसरमा चितवनको इच्छाकामना २ मा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । इच्छाकामना गाउँपालिका, महानगरिय ख्रीष्टियन युवा समाज भतपुर र क्लिनिक नेपालको संयुक्त आयोजनामा वडा नम्बर २ स्थित आधारभुत विद्यालय वल्र्याङ्गमा एक दिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

क्लिनिक नेपाल, चितवन ख्रीष्टियन संघ, टाइम फर्मास्युटिकल्स प्रा.लि, कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज, कस्तुरी फर्मास्युटिकल्स प्रा.लि,जनस्वास्थ्य कार्यालय चितवन र एच. सि. एफ. भरतपुरको सहयोगमा सम्पन्न उक्त शिविरमा ३२५ जनाले सेवा लिएका थिए ।

शिविरमा,सुगर प्रेसर, थाइराइड,वाथ युरिक एसिड र दमका साथै सम्पूर्ण रोगको सम्बन्धित रोगका विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य चेकजाँच तथाउपचार गराएका थिए ।साथै स्त्री रोग विशेषज्ञ,वाल राग विशेषज्ञ डाक्टरहरुबाट विरामीको चेक जाँच तथा उपचार गरएका थिए । साथै निःशुल्क औषधी पनि वितरण गरेका थिए ।

महानगरिय ख्रीष्टियन युवा समाजका विकास श्रेष्ठको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख अतिथि,उपाध्यक्ष माया सिलवालको विशिष्ट, इच्छाकामना गाउँपालिका स्वास्थ्य प्रमुख बासुदेव सापकोटा, वडा न २ का वडाध्यक्ष पञ्च बहादुर प्रजा र क्लिनिक नेपालका सुमन पौडेलको विशेष आतिथ्यतामा शिविर सम्पन्न भएको हो ।

प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले स्वास्थ्य जाँच गराई शिविरको उद्घाटन गर्नुभएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण ७, २०७९ आइतवार - २१:४६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology