Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

प्रधानमन्त्रीलाई कांग्रेस नेता शेखर कोइरालाको प्रश्न: जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?

प्रधानमन्त्रीलाई कांग्रेस नेता शेखर कोइरालाको प्रश्न: जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?

इच्छाकामना न्युज

१, फाल्गुण २०७९
प्रधानमन्त्रीलाई कांग्रेस नेता शेखर कोइरालाको प्रश्न: जनयुद्ध दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको?
images

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको भनी प्रश्न गरेका छन्।

images
images
सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको बताएका छन्। एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भन्ने अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणाले के सन्देश दिन खोजेको प्रष्ट नभएको उनको भनाइ छ।
 
उनले प्रश्न गरेका छन्,देश कता जाँदैछ? कस्तो शासनव्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?

एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेकोरु देश कता जाँदैछरु कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?

 

images
प्रकाशित मिति :फाल्गुण १, २०७९ सोमवार - ०९:१८:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology