Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

कोरोना विरुद्धको खोप खरिदका लागि कोषमा योगदान गर्न सरकारको आग्रह 

कोरोना विरुद्धको खोप खरिदका लागि कोषमा योगदान गर्न सरकारको आग्रह 

images

इच्छाकामना न्युज

२९, पौष २०७७
कोरोना विरुद्धको खोप खरिदका लागि कोषमा योगदान गर्न सरकारको आग्रह 
images

काठमाण्डौ, २९ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपका लागि कोषमा योगदान गर्न आह्वान गरेको छ । मन्त्रालयले आज सूचना जारी गर्दै खोप खरिद गरी प्राथमिकताका आधारमा न्यायोचित वितरण प्रणालीमार्फत् लक्षित समूहहरूलाई निःशुल्क खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक परेकाले खोप कोषमा आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।
‘खोप उपलब्ध गराउन ठूलो रकम आवश्यक भएकोले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायीक एवं सामाजिक र परोपकारी संस्थालगायतलाई खातामा रकम जम्मा गरी योगदान गर्न नेपाल सरकार हार्दिक आह्वान गर्दछ,’ सूचनामा उल्लेख गरिएको छ । 
कोरोना खोप कोषमा योगदान गर्ने दाताहरूसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षासमेत गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयले रकम जम्मका लागि कोष तथा लेखा नियन्त्रकको कार्यालय त्रिपुरेश्वरको नाममा राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १७००१००१०२०६०००० सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि आग्रह गरेको छ ।

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - ०९:४८:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology