Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चितवनबाट 'मेरो डिस्काउन्टस्' एपको शुभारम्भ 

चितवनबाट 'मेरो डिस्काउन्टस्' एपको शुभारम्भ 

इच्छाकामना न्युज

२६, माघ २०७९
चितवनबाट 'मेरो डिस्काउन्टस्' एपको शुभारम्भ 
images

चितवन । ओसी ग्रुप सफ्टवेयर प्रालिले ‘मेरो डिस्काउन्टस्’ एप्स सञ्चालनमा ल्याएको छ। बिहीबार होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष दिनेशकुमार चुकेले उक्त एप्सको शुभारम्भ गरेका हुन्। एप्सको शुभारम्भपछि प्रमुख अतिथि चुकेले सूचना, प्रविधिको युगमा ‘मेरो डिस्काउन्टस्’ले उपभोक्तालाई सबै सेवा एकैठाउँमा प्रदान गर्नेमा विश्वस्त रहेको बताए। 

images
images

हात–हातमा मोबाइल हुने भएकाले धेरै उपभोक्ताहरूमाझ यसको पहुँच पुग्ने उनले बताए। मोवाइकै माध्यमबाट सबै खालका सेवासुविधा एकै ठाउँमा पाउने हुँदा सेवाग्राहीलाई पनि सहज र उपभोक्तामैत्री सेवा प्रवाह हुने उनको भनाइ छ। पछिल्लो समय होटलका करिब ५० प्रतिशत कोठा अनलाइनबाटै बुकिङ हुने गरेको भन्दै अध्यक्ष चुकेले भने, ‘यो एप्सलाई होटल तथा रेष्टुराँहरूसहित सबै सेवासुविधा जोड्न सकिन्छ।’ 

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उत्पादित वस्तुको बजारीकरणमा अनलाइन बजार उत्कृष्ट गन्तव्य भएको बताए। डिजिटल मार्केटिङले वस्तुको उचित मूल्य पाउन सघाउ पु¥याउने भएकाले सबैको पहुँचमा एप्स लैजानु पर्ने अध्यक्ष श्रेष्ठल बताए। मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन डिजिटल बजारको मुख्य भूमिका हुने भएकाले एप्सले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्नेमा श्रेष्ठले जोड दिए। 

मानिसको दैनिक जीवनमा नभई नहुने सम्पूर्ण आवश्यकता पूरा गर्ने उद्देश्यले एप्स सञ्चालनमा ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रदीप चौधरीले जानकारी दिए। यो एप्सले नेपाली उपभोक्तालाई मात्र नभएर विदेशमा रहेका नेपाली तथा पर्यटकहरूलाई पनि फाइदा पु¥याउने उनले बताए। 

विश्व बजारमा रहेका प्रख्यात अनलाइन मञ्चको विशेष सुविधा यो एप्समा संलग्न गरी तयार पारिएको चौधरीको भनाइ छ। यस एप्सबाट व्यवसायीलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्ने चौधरीले बताए। 

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - १९:२२:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology