Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
२०८३, कार्तिक २१ गते
images

अब मोबाइल फोन चल्न सिम र सेट आफ्नै नाममा हुनपर्ने !

अब मोबाइल फोन चल्न सिम र सेट आफ्नै नाममा हुनपर्ने !

images

इच्छाकामना न्युज

२६, माघ २०७९
अब मोबाइल फोन चल्न सिम र सेट आफ्नै नाममा हुनपर्ने !
images

काठमाडौं । अब कुनै पनि मोबाइल सेट चल्न उक्त सेट र त्यसमा भएको सिम एकै व्यक्तिको नाममा दर्ता हुनुपर्ने व्यवस्था लागू हुने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले छिट्टै यस्तो व्यवस्था ल्याउन लागेको जनाएको छ। प्राधिकरणका उप–निर्देशक एवम् सहायक प्रवक्ता अच्युतानन्द मिश्रले बुधबार नेपाल मोबाइल वितरक संघले आयोजना गरेको पत्रकार सम्मेलनमा यो व्यवस्था लागू गर्न आवश्यक कार्य अघि बढाइरहेको बताए। जसको नाममा सिम र सेट छ त्यो फोन चल्नुपर्छ भन्ने हो।

एकै व्यक्तिको नाममा नभए त्यो फोन मात्रै एउटा बट्टा हुनेछ, उनले कार्यक्रममा भने, यसका लागि एमडिएमएस प्रणाली लागू हुनु आवश्यक छ। साथै व्यक्तिको केवाइसी पनि अपडेट हुनुपर्‍यो।

केवाइसी भर्न कुनै पनि व्यक्तिलाई आफ्नै नामको सिम आवश्यक पर्छ। त्यस्तै एमडिएमएस प्रणालीमा फोन सेट दर्ता भएपछि फोन कसको नाममा छ भन्ने खुल्छ। सिम र सेट फरक–फरक व्यक्तिको नाममा भए त्यो फोन चल्दैन। सोहीअनुसार प्राधिकरणले आफ्नो काम अघि बढाएको छ, उनले भने।

मिश्रका अनुसार एमडिएमएस प्रणालीमै अनरसिप ट्रान्सफर भन्ने विकल्प राखिनेछ। उक्त फिचरको प्रयोगमा फोन सेट अर्को व्यक्तिको नाममा नामसारी गरिदिन मिल्नेछ। यो जसको नाममा सेट छ उसैले मात्रै गर्न मिल्छ। बुधबार मोबाइल वितरण संघले तत्कालै एमडिएमएस प्रणाली लागू गर्न माग गर्दै पत्रकार सम्मेलन गरेको थियो।

images
प्रकाशित मिति :माघ २६, २०७९ बिहिवार - ०९:४१:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology