Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक

डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक

इच्छाकामना न्युज

२२, माघ २०७९
डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक
images

काठमाडौं । आफ्ना एकपछि अर्को उपन्यास युट्युबमा सार्वजनिक गरिरहनुभएका विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको अर्को उपन्यास ‘भाइरस लभ’ युट्युबमा सार्वजनिक भएको छ । गीत सङ्गीत तथा विविध विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएका उपाध्यायको ‘भाइरस लभ’ उहाँकै अफिसियल युट्युब च्यानल डिआर म्युजिक एण्ड क्रियशनमार्फत सार्वजनिक गरिएको हो । यो उपन्यास शिखा बुक्सले प्रकाशन गरेको हो ।

images
images

उपन्यासको भोइस-ओभर गणेश सुवेदीले गर्नुभएको छ । सुरेन्द्र पौडेलको रकेर्डिङ, दीपेन्द्र थापाकोे सम्पादन रहेको लिरिकल भिडियोमा राजिव शाह र कमल अधिकारीको सङ्गीत छ । ‘पढनका लागि निश्चित ठाउँ र परिवेश आवश्यक भएका हुनाले अन्य काम गर्दा गर्दै पनि सुनेर पढन सकियोस् भन्ने उद्देश्यले युट्यबमा उपन्यास आफ्ना उपन्याहरू सार्वजनिक गरिरहेको हुँ’, डा. उपाध्यायले भन्नुभयो । उहाँका हालसम्म १५ उपन्यास पाठकमाझ आइसकेका छन् । डा. उपाध्यायको यसअघि उपन्यास ‘कफिलभ’, ‘वज्रघात’ र ‘भाग्यचक्र’ युट्युबमा सार्वजनिक भएका थिए । यस्तै अन्य उपन्यासलाई पनि युट्युबमार्फत सार्वजनिक गर्दै जाने उहाँले जानकारी गराउनुभयो ।

कीर्तिमानी डा. उपाध्यायका ३० एल्बमका सयौं गीत श्रोतारदर्शकमाझ आएका छन् । यस्तै, उहाँका ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायां’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’, ‘कसुर’ र ‘मझधार’ जस्ता १५ उपन्यास पाठकमाझ आएका छन् । यतिबेला १६औं उपन्यास लेखिरहेको उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :माघ २२, २०७९ आइतवार - २२:१९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology