Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

बाग्लुङको बरेङ गाउँपालिकाले नव विवाहित बुहारीलाई सम्मान गर्ने

बाग्लुङको बरेङ गाउँपालिकाले नव विवाहित बुहारीलाई सम्मान गर्ने

images

इच्छाकामना न्युज

२८, पौष २०७७
बाग्लुङको बरेङ गाउँपालिकाले नव विवाहित बुहारीलाई सम्मान गर्ने
images

बागलुङ २८, पुस । बागलुङको बरेङ गाउँपालिकाले पालिकाभित्र विवाह भै आउने नव विवाहित बुहारीलाई सम्मान गर्ने भएको छ । “गाउँपालिकाको इच्छा, छोरी बुहारीलाई उच्च शिक्षा” भन्ने सोच र “पालिकाको एउटै सन्देश, बालविवाह मुक्त हाम्रो सरकार” भन्ने लक्ष्यलाई सार्थक तुल्याउन लक्षित वर्ग उत्थान कार्यक्रम अन्र्तगत आइतबारदेखि लागू हुने गरि पालिकाले नव विवाहित बुहारी स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन गरेको हो ।

कम्तीमा ८ कक्षा उत्तीर्ण गरेको, २० वर्ष उमेर पुगेको, सम्बन्धीत वडामा ३५ दिनभित्र विवाह दर्ता गरेको, दुलाहा दुलही पालिकाभित्रका भएमा फरक फरक वडा भएको र दुलाहा बरेङ गाउँपालिकाको र दुलही जुनसुकै जिल्लाको भएपनि आवश्यक मापदण्ड पूरा गरेको नव विवाहित बुहारीलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।

पालिकाको जुन वडाभित्र विवाह भएर आएतापनि सम्बन्धित वडा समितिको निर्णयानुसार बुहारी छनौट गरि प्रत्येक एक–एक महिनामा एक कार्यक्रमको आयोजना गरि सम्मान एवम् स्वागत गर्ने, सम्बन्धित तह र तप्काका प्रतिनिधि उपस्थित गराउनुपर्ने ढाँचा सहित पालिकामा भित्रिने प्रति बुहारीलाई एक हजार नगद, नव दम्पतीका लागि आवश्यक पर्ने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि आवश्यक पर्ने डायरी, कापी, कलम, स्वास्थ्य एवम् सरसफाई सम्बन्धी सामग्री, सम्मान तथा प्रशंसापत्र र अन्य उपहार वडा समितिले निर्णय गरेअनुसार प्रदान गरिने प्रशासकीय अधिकृत थापाले जानकारी गराउनुभयो ।

images
प्रकाशित मिति :पौष २८, २०७७ मंगलवार - १३:२०:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology